गोरखा समाचारदाता
चैत्र १८ गते । आइतबार राति बारा र पर्सामा चलेको हावाहुरीमा घाइते भएका ६ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । घाइतेहरुलाई नेपाली सेनाको स्काईट्रकबाट काठमाडौं ल्याइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाको स्काई ट्रक अवतरण भएको हो । ६ जनामा ४ वृद्ध र ३ बच्चा छन् । आइतबार राति आएको भिषण हावाहुरीमा परेर ३५ जनाको मृत्यु हुनुका साथै करिब ५ सय बढी घाइते भएका छन् ।



