गोरखा समाचारदाता
चैत्र १८ गते । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बारा र पर्सा जानु हुने भएको छ । आइतबार साँझ आएको भीषण हावाहुरीको पुर्याएको जनधनको क्षतिको स्थलगत निरीक्षणका लागि केहीबेरमा बारा र पर्सा जाँदै हुनुहुन्छ ।
आइतबार गृहजिल्ला झापा जानुभएका प्रधानमन्त्री ओली झापामा सोमबार दिउँसोका पूर्वनिर्धारित कार्यक्रम स्थगित गरी हावाहुरी प्रभावित जिल्ला जान लाग्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले वताउनुभयो ।



