गोरखा समाचारदाता
‘जङ्ग फुड’ बाट बालबालिकामा नकरात्मक असर गरेको भन्दै खान र खुवाउन निषेध गर्न द ओल्ड क्यापिटल माविले सदरमुकाममा सचेतना ¥याली गरेको छ ।
विश्व स्वास्थ्य दिवशको पूर्वसन्ध्यामा सो विद्यालयले जङ्ग फुडबाट पर्ने असरका बारे सचेताना जगाउन ¥याली आयोजना गरेको प्रधानाध्यापक जनक केसीले बताए । बजारमा पाइने त्यस्ता किसिमका खानेकुराले बालबालिकाको बौद्धिक, मानसिक तथा शारिरिक रुपमा समेत नकरात्मक असर पर्ने गरेकाले अभिभावकलाई सचेत गराउन ¥याली गरिएको प्रअ केसीको भनाई छ ।
बालबालिकालाई घरमा तथा विद्यालयमा समेत जङ्ग फुटलाई खाजाको रुपमा प्रयोग नगराउन अभिभावकलाई विद्यालयले आग्रह समेत गरेको छ । ओल्ड क्यापिटलले अघिल्लो बर्षदेखि नै विद्यार्थीलाई जङ्ग फुट खान निषेध गरेको थियो ।



