गोरखा समाचारदाता
जेष्ठ नागरिक जिल्ला संघ गोरखाले राष्ट्रिय वाणिज्य बैकका ग्राहकहरुलाई लक्षित गरी विश्राम स्थलमा वेच्नको व्यवस्था निर्माण गरिदिएको छ ।
निवृत्तीभरण सुविधा अथार्त पेन्सन लिनका लागि बैंकमा पुगेका जेष्ठ नागरिकलाई मध्येनजर गरी उक्त व्यवस्था गरिदिएको जेष्ठ नागरिक जिल्ला सघंका अध्यक्ष मोहनलाल श्रेष्ठले जानकारी दिए ।
संघले करिव ३० हजार लागतमा उनीहरुको लागि बस्ने वेन्च र लेख्नका लागि सहज होस भनेर टेबल समेत राखिदिएको छ । राष्ट्रिय वाणिज्य बैंक मार्फत जिल्लाभरका पूर्व राष्ट्रसेवकहरुले पेन्सन सुबिधा लिदै आएका छन् ।
उनीहरुका लागि वाणिज्य बैंकको पछाडी पट्टी छुट्टै काउन्टरको व्यवस्था गरिएपनि विश्रामका लागि उपयुक्त प्रबन्ध नहुँदा अशक्त, जेष्ठनागरिक लगायत अधिकाशं सेवाग्राहीलाई समस्या हुने गरेको थियो ।




















