गोरखा समाचारदाता
चैत्र १६ गते । पूर्वप्रधानमन्त्री लोकेन्द्रवहादुर चन्दको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको एउटा गाडीले सर्वसाधारणको स्कुटरलाई ठक्कर दिएको भिडियो यती बेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।
नयाँ बानेश्वर र माइतीघरबीचको सडकमा शनिबार सशस्त्र प्रहरीको बा. १ झ ९५२७ नम्बरको भ्यानले लेन मिचेर स्कुटरलाई ठक्कर दिएको भिडियो सार्वजनिक भएपछि त्यसको सर्वत्र आलोचना समेत भएको छ । बांगोटिंगो गरी साइरन बजाउदै हुँइकिएको गाडीले स्कुटरलाई ठक्कर दिएर उद्धार पनि नगरी भागेको भिडियोमा देख्न सकिन्छ ।

घटनामा सग्लनलाई कारवाहीको माग गर्दै सामाजिक सञ्जालमा सो भिडियो धेरैले शेयर गरेका छन् । सशस्त्र प्रहरीले भने घटनाको जानकारी पाए लगत्तै छानविन सुरु गरिएको जानकारी दिएको छ । ट्राफिक प्रहरीले पनि सशत्र प्रहरी संग जानकारी मागेको छ । पीडितलाई क्षतिपूर्ति र चालकलाई कारवाहीको पहल भैरहेको पनि ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
हेनुहोस भिडियो



