गोरखा समाचारदाता
चैत्र १६ गते । आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी वैशाख ५ देखि ११ गतेसम्म प्रदेश नम्बर ५ मा सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्ड बैठकले प्रदेश नं ५ मा उक्त प्रतियोगिताको मिति तय गरेको हो ।
यसअघि उक्त प्रतियोगिता यही चैत २५ गते उद्घाटन गर्न प्रस्ताव गरेको थियो । पछिल्लो समय राखेप सदस्य सचिव केशवकुमार विष्टले सो प्रतियोगिताको उद्घाटन यही चैत २७ गते हुने बताउँदै आउनुभएको थियो ।
नेपालगञ्ज रङ्गशालाको भिआइपी प्यारापिmटको निर्माण सम्पन्न नहुँदा प्रतियोगिताको मिति अनिश्चित बनेको थियो । अहिले प्यारापिटको काम तीव्र गतिमा अघि बढेका कारण नयाँ मिति तय गरिएको हो ।



