- प्रदेश २ मा लगातार २ दिन परिक्षा रद्व
गोरखा समाचारदाता
चैत्र १५ गते । प्रदेश नम्बर २ मा शुक्रबार हुने एसइई परीक्षा अन्तर्गतको अनिवार्य समाजिक विषयको प्रश्नपत्र बाहिरिए पछि परिक्षा आज पनि रद्व गरीको छ । हिजै देखी प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि आजका लागि तय भएको सामाजिक विषयको परीक्षा स्थगित गरिएको छ । आज समेत गरेर २ दिन परिक्षा रद्व भई सकेको छ ।
बिहान ८ बजेदेखि सुरु हुनुपर्ने सामाजिक विषयको प्रश्नपत्र बिहीबार रातिदेखि नै सामाजिक सञ्जालहरूमा छ्याप्छ्याप्ती भेटिएका थिए ।
सप्तरीमा सञ्चालित एसइई अन्तर्गत विज्ञान विषयको प्रश्नपत्र बिहीबार बाहिरिएको थियो । परीक्षा सुरु हुने समय बिहान ८ बजेका लागि निर्धारण गरिए पनि ७ बजेर ४७ मिनेटमै प्रश्नपत्र बाहिरिएको थियो ।



