×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १३ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १८ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २१ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

‘संघ र प्रदेशले स्थानीय तहलाई कारिन्दा बनायो’

  •  
  • शुक्रबार, चैत १५, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    चैत्र १५ गते । संघ र प्रदेश सरकारले स्थानीय तहलाई कारिन्दा बनाएको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले बताएका छन् । आफुलाई महाराजाको शैलीमा प्रस्तुत गरेर संघ र प्रदेशले स्थानीय तहलाई कारिन्दा सोच्नु गलत रहेको उनको टिप्पणी छ । ‘संघले आफुलाई बढेमान सोच्छ, त्यो भन्दा तलको प्रदेशको पनि सोच उस्तै’ नगरप्रमुख पन्तले थपे ‘पछिल्लो समय स्थानीय तहलाई उसले काम लगाउने कारिन्दा सोचेर अघि बढेको छ, यो सरासर गलत हो ।’

    सोच नेपाल र नागरिक साझा सवाल गोरखाको संयुक्त आयोजनामा सदरमुकाममा भएको स्थानीय तहको योजना तर्जुमा तथा छनौट प्रकृयाका बारे अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले सबै तहले आ–आफ्नो स्थानबाट काम गर्नुपर्ने बताए । राजनितिक पुहँचका आधारमा संघ र प्रदेशले बजेट बाँडेको बताउदै पन्तले कार्यकर्ता केन्द्रित योजना वितरणको काम रोक्नुपर्ने बताए । ‘पछिल्लो समय स्थानीय तहसंग कुनै पनि कोडिनेशन नगरी प्रदेशले पहुँचवालालाई बजेट वितरण गरिरहेकोछ’ उनले थपे ‘हामी उनिहरुको कारिन्दा होइनौ, हाम्रो क्षेत्रभित्र कहाँ के आवस्यकता छ हामीलाई थाहा हुन्छ, हचुवाको भरमा कार्यकर्ता रिझाउने उदेश्यले बजेट बाड्न पाइदैन ।’

    कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख पन्तले आगामी दिनका आर्थिक संबृद्धि र सिप विकासलाई अघि बढाउनु पर्नेमा जोड दिएका छन् । विकासका काममा सबैको हातेमालो आवस्यक रहेको बताउदै उनले अबका दिनमा दिर्घकालिन विकासको योजना सहित लाग्नुको विकल्प नरहेको बताए । खानेपानी, सडक खन्दैमा विकास नहुने भन्दै नगरप्रमुख पन्तले नगरवासीलाई आत्मनिर्भर बनाउने लक्ष्य सहित नगरपालिका अघि बढेको बताएका छन् ।

    नागरिक साझा सवालका संयोजक स्थानेश्वर दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गोरखा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष कृष्णबहादुर केसीले आफुहरु नागरिक समाजसंघको सहकार्यमा कार्यक्रम अघि बढाउन चाहेको बताएका छन् । त्यस्तै सोच नेपालका अध्यक्ष बालकृष्ण श्रेष्ठले सरकार, नागरिक समाज र संचार माध्यमको सहकार्य र समन्वयलाई अघि बढाउनुपर्नेमा जोड दिए । योजना निर्माण प्रकृयामा जनसहभागितालाई जोड दिनुपर्ने उनको तर्क छ ।

    कार्यक्रममा गोरखा नगरपालिका वडा नम्बर ८ का टोलविकास संस्था, उपभोक्ता समितिका पदाधिकारी, स्थानीय सभा, रेडियो स्रोता समुह लगायतका गरी ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानीय तहको योजना तर्जुमा प्रकृया, योजना प्राथमिकिरण र योजना कार्यान्वयनका बारे जानकारी गराइएको थियो । अभिमुखिकरण कार्यक्रममा सोच नेपालका सचिव अर्जुन परियार, कार्यकारी निर्देशक अप्सरा कार्की, जिल्ला प्रतिनिधी मोहसिन अलि मियाँले सहजिकरण थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, चैत १५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.