गोरखा समाचारदाता
चैत्र १४ गते । बिहिबार जुम्लामा निर्माणाधिन घर भत्किदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाईते भएकी छिन । गुठिचौर गाउँपालिका ५ धिताचौरमा बनाउँदै गरेको घर भत्किदा चन्दननाथ नगरपालिका ५ का रत्नराज गिरीको मृत्यु भएको हो भने उनकी श्रीमती हरिदेबी गिरी घाईते भएकी छिन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक सिताराम रिजालका अनुसार गिरीको उपचारमा अस्पतालमा मृत्यु भएको थियो ।
घाईते हरिदेवीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भईरहेको छ।



