गोरखा समाचारदाता
चैत्र १४ गते । गोरखामा रहेका नेत्रविक्रम चन्द नेतृत्वको ६ जना कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनीहरुले विज्ञप्ति जारी गर्दै आफुहरु उत्त पार्टीको साधारण समस्य समेत नरहेको घोषणा गरेका हुन ।
समूहमा अनिल कुमाल, गोकुल कुमाल, मेघराज कुमाल, भोला भुजेल, बिशाल गजुरेल र भरत कोइरालाले समूह परित्याग गरेको घोषणा गरेका हुन् ।

विज्ञप्तिमा समूहले पछिल्लो समय गरेको गतिविधिप्रति आफूहरुको असन्तुष्टि रहेको भन्दै समूह परित्याग गरेको उल्लेख गरिएको छ । “समूहको पछिल्लो कदमले अहिलेको सन्दर्भमा समूहलाई निष्कर्षमा पुर्याउँदैन”, विज्ञप्तिमा भनिएको छ, “हामी आजकै मितिबाट समूह परित्याग गरी स्वतन्त्र नागरिक भएर रहन चाहन्छौँ ।”



