×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १३ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १८ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २१ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

गोरखामै अत्याधुनिक ब्लड बैंक

  •  
  • बिहिबार, चैत १४, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा

    चैत्र १४ गते । गोरखा र आसपासका बिरामीले अब रगतको कारण ज्यान गुमाउनु नपर्ने भएको छ । जिल्लामै अत्याधुनिक रक्त सञ्चार सेवा (व्लड बैंक) स्थापना भएपछि उक्त समस्या हटेको हो । ‘गोरखामा ब्लड बैंक स्थापना गर्ने हाम्रो जुन लक्ष्य थियो’ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाका सभापती भगवानबाबु मास्केले भने ‘त्यो सपना पुरा हुन अब धेरै दिन बाँकी छैन ।’

    उक्त सञ्चारकेन्द्रबाट यहाँका विरामीले जुनसुकै बेला आफूलाई चाइएको रगत प्राप्त गर्न सक्छन् । रक्तदाताले पनि आफ्नो अुनकुलमा रगत दान गर्नेसक्ने बताइएको छ । ‘यो रगत संकलन गर्ने र पछि आवश्यकता परेका बिरामीलाई परिपूर्ति गर्ने माध्यम हो’ केन्द्रिय रक्त सञ्चार सेवाकी डा.मनिता राजकर्णिकारले भनिन् ‘समग्र गोर्खालीका लागि ठुलो कुरा हो ।’ गोरखामा ५० शैयाको जिल्ला अस्पताल रहेकाले बिरामीको चाप अनुसार ब्लड बैंक आवश्यक रहेको उनको भनाई छ ।

    बेल्जिम रेडक्रसको समन्वय र ग्याभ नामक अन्तर्राष्ट्रिय गैरसरकारी सरकारीको सहयोगमा रक्त सञ्चार सेवा स्थापना गरिएको हो । सोको लागि आवश्यक अत्याधुनिक सामानहरु जिल्ला ल्याएर जडान समेत गरिएको छ । ‘उहाँहरुले ३ करोड ५० लाख भन्दा बढिको यन्त्र उपकरण सहयोग गर्नुभएको छ’ जिल्ला शाखा सभापती मास्केले भने ‘कार्यालयको व्यवस्थापन लगायत सबै हेर्दा करिव ४ करोड खर्च भएको हाम्रो अनुमान छ ।’

    शिक्षा कार्यालयको पुरानो भवनमा स्थापना भएको उक्त ब्लड बैकं मार्फत विरामीको आवश्यकता अनुसारको रगत दिन सकिने विज्ञहरुले बताएका छन् । ‘अब बिरामीलाई होल रगत दिनु पर्दैन’ केन्द्रिय रक्त सञ्चार सेवाका संजिवकुमार यादवले भने ‘जसलाई रगतको जुन तत्व आवश्यक छ सोही मात्र दिन सकिन्छ ।’ राता रक्तकोष, प्लेट्लेस्, प्लाज्मा लगायतका तत्वहरु छुट्याएर बिरामीको आवश्यकता अनुसार उपलब्ध गराइने उनले बताए । जसअनुसार १ व्यक्तिकोे रगतले ४ जना सम्म बिरामीलाई काम गर्ने उनको भनाई छ । ‘दुर्घटनामा धेरै रक्तश्राव भएका विरामीलाई यहीँ बचाउन सकिन्छ, किड्नीको डाइलासिस्का लागि अब महंगोमा काठमाण्डौ जानु पर्दैन’ यादवले भने ‘हेमोफिलिया, थाइलेजमिया जस्ता रगत नभई नहुने विरामीलाई पनि यसले ठूलो सहयोग गर्छ ।’

    नेपाल रेडक्रस सोसाइटीको समन्वय देशका विभिन्न १६ शाखाले अत्याधुनिक किसिमको ब्लड बैंक सञ्चालन गरिसेका छन् । गोरखामा पनि थप भएपछि उक्त संख्या १७ पुगेको छ ।

    २०६६ साल देखि जिल्ला अस्पताल गोरखामा आकस्मिक रक्त सञ्चार सेवा सञ्चालन गरेको रेडक्रसले भूकम्प पछि नेदरल्याण्ड, जर्मन र बेल्जियम रेडक्रसको सहयोगमा त्यसलाई झनै प्रभावकारी बनाइएको थियो । केही दिन अघि बेल्जियम, अस्टेलियन लगायतका अन्तराष्ट्रिय रेडक्रसका प्रतिनिधिहरु, केन्द्रिय रक्त सञ्चार केन्द्रका प्राविधिहरु, जिल्ला रेडक्रस र मातहतका प्रतिनिधिहरुको उपस्थितीमा ब्लड बैंकका लागि आवश्यक यन्त्र उपकारको जडान समेत गरिएको छ । ‘हामीले छिट्टै सेवा सुरु गर्छौं’ जिल्ला सभापती मास्केले भने ‘यो हामी सबैको लागि हो, सबैको साथ सहयोग गोरखाको ब्लड बैंक नेपालकै नमूना बन्छ भन्ने हाम्रो विश्वास छ ।’

    यस अघि जिल्लामा प्रयाप्त रगत उपलब्ध नहुँदा सुत्केरी, दुर्घटनाका घाइतेहरुको ज्यान समेत जाने गरेको थियो । अब उक्त समस्या पूर्ण रुपले हट्ने रेडक्रसको दाबी छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत १४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.