गोरखा समाचारदाता
गोरखा बजारमा भुसिया कुकुरको बिगबिगी बढेको छ । बजार क्षेत्रमा रहेका ती कुकुरको कारण दुर्घटनाको जोखिम बढेको सवारी चालकहरुकाले गुनासो गरेका छन् ।
विशेषगरी रातीको समयमा पैदल यात्रीसँगै दुई पाङ्ग्रे सवारी साधनका यात्रीहरुलाई कुकुर लखेट्ने गरेको उनीहरुले बताएका छन् । विशेषगरी हरटारी चोक देखि बिसौनी मोड सम्म उक्त समस्या बढि छ ।
गोरखा बजार हरेक चोक र गल्ली देखिने त्यस्ता कुकुरले बालबालिका, अपाङ्गता भएका जेष्ठ नागरिक भरियाहरुलाई टोक्न झम्टिने गरेका मानिसहरुको गुनासो छ । बजार क्षेत्रमा समस्याको रुपमा रहेको भुसिया कुकुर नियन्त्रण गर्न उनीहरुले नगरपालिका आग्रह गरेका छन् ।
पछिल्लो समय पशु अधिकारकर्मीहरुले मार्न नपाउने भन्दै अभियान चलाएपछि भुसिस्या कुकुर समस्याको रुपमा देखा पर्न थालेको हो । कतिपय ठाउँमा बन्धाकरण गराएर कुकुरको संख्या नियन्त्रण गर्ने अभियान चलाएपनि गोरखा नगरपालिकाले तर्फ ध्यान दिएको पाइदैन ।


