गोरखा समाचारदाता
चैत्र १२ गते । पत्नी सीतालाई उपचारको लागि अमेरिका पुगेका पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष्य पुष्पकल दाहालले अमेरीकामा राजनीतिक भेटवार्ता शुरु गरेका छन् ।
उनले अमेरिकी सरकारको दक्षिण तथा मध्य एसिया मामिला हेर्ने विभागका निमित्त सहायक सेक्रेटरी एलिस जी वेलसँग भेट गरेका हुन । भेटमा के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन ।




















