- एसइई परीक्षार्थी समस्यामा
गोरखा समाचारदाता
चैत्र १२ गते । हुम्लामा फेरी हिमपात भएको छ । हिमपातका कारण एसइई परिक्षा दिन आएका बिद्यार्थीहरु समस्यामा परेका छन । हुम्लामा गएको पुस, माघ, फागुनमा समेत लगातार हिमपात भएको थियो ।
हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या बनाउने भएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्रध्यक्ष अमरबहादुर शाहीले बताउनु भयो । हुम्लामा सोमबार दिनभरि पानी परेको थियो भने मंगलबार बिहानदेखि हिमपात शुरु भएको हो ।
एसइई परीक्षा दिने परीक्षार्थीलाई हिमपात हुँदा चिसोले लेख्न समस्या बनाएको छ । उत्तरी नाम्खा गाउँपालिकामा बढी हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बिहानदेखि हिमपात हुँदा तापक्रम माइनसमा झर्नुको छ । यस वर्षको एसइईमा जिल्लाबाट ९५३ जना विद्यार्थी परीक्षामा नियमित सहभागी छन् ।


