गोरखा समाचारदाता
चैत्र १२ गते । राजधानीको दक्षिणकाली बाट काठमाण्डौंको रत्नपार्कतर्फ आउदै गरेको बस मंगलबार विहान दुरघटना हुदा २२ जना घाईते भएका छन । घाईते सबैको फर्पिङ्गस्थित मनमोहन र बल्खुस्थित वयोधा अस्पतालमा उपचार भैरहेको छ ।
रत्नपार्कका लागि छुटेको उत्त बस दक्षिणकाली नगरपालिका ४ चाल्नाखेलमा रहेको हात्तिबनमा क्षेत्रमा सडक बिचमा दुर्घटना भएको थियो । घाइतेमध्ये केहीको अवस्थामा गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।
घाइतेहुनेमा अधिकांश क्याम्पस पढन आउदै गरेका विद्यार्थीहरु छन् । दुर्घटनाका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


