×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

आँखा बैंकका लागि एकै व्यक्तिले दिए डेढ करोड रुपैयाँ

  •  
  • सोमबार, चैत ११, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    रमेशकुमार पौडेल

    चैत्र ११, २०७५ चितवन — मान्छेको मृत्यु भएपछि पनि आँखाको नानी तत्कालै मर्दैन । त्यो नानी झिकेर आँखाको समस्या भएका अन्य व्यक्तिमा राख्न मिल्छ । विविध कारणहरुले बीचमा आँखा देख्न छाडेकाहरुले नानी प्रत्यारोपणपछि नयाँ ज्योती पाएका छन् । यस्तो काममा सघाउन भरतपुरमा स्थापना भएको आँखा बैंकका लागि एकजना व्यक्तिले मन खोलेर सहयोग गरेका छन् । भरतपुर आँखा अस्पतालमा आँखा बैंक खुलेको दुई वर्ष हुन लाग्दैछ ।

    आँखा अस्पताल हाताभित्र ‘भिमराज उषामाया पाठक आँखा बैंक’ रहेको छ। सो आँखा बैंकका लागि भरतपुर महानगरपालिका-१२ पूर्णिमा टोलका भिमराज पाठकले एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराएका हुन्। ‘रकम उपलब्ध भएपछि हामीले पाठक दम्पतीका नाममा नै आँखा बैंक सञ्चालन गरेका छौं। भिमराज जीले दिएको रकम अक्षय कोषमा छ,’ नेपाल नेत्र ज्योती संघ चितवन शाखाका अध्यक्ष कृष्णराज धरेलले भने।

    अक्षय कोषको ब्याजको रकमले आँखा बैंक सञ्चालन खर्च जुटिरहेको धरेलले बताए। नेपाल नेत्र ज्योती संघले नै विस २०४४ सालको चैत्रमा भरतपुरमा आँखा अस्पताल सञ्चालन गरेको हो। विस २०७४ सालको असारबाट आँखा बैंक सुरु भएको हो। त्यसयता ५५ जनामा आँखाको नानी प्रत्यारोपण भएको छ। मृतक चारजना व्यक्तिका आठवटा नानी संकलन भएको अध्यक्ष धरेलले जानकारी दिए।

    कुनै पनि व्यक्तिको निधन भएको ६ सात घण्टाभित्र यसको आँखाको नानी झिक्न सकेमा अरुमा प्रत्यारोपण गर्न सकिन्छ। ‘आँखा दान गर्न इच्छुक व्यक्तिले पहिले नै अस्पतालमा इच्छापत्र बुझाएको हुन्छ। उसको निधन भएपछि परिवारले खबर गर्छन र हामी गएर नानी झिक्छौं। त्यसपछि त्यो नानी प्रशोधनका लागि काठमाडौंको तिलगंगा आँखा अस्पताल पठाउँछौं,’ अध्यक्ष धरेलले भने।

    नानीमा चोट लागेका, दाग देखिएका, फुलो परेर दृष्टी गुमेका व्यक्तिका आँखामा त्यस्ता नानी राख्न सकिन्छ। ‘भरतपुरमा यस्तो महत्वपूर्ण काम गर्ने सोच बनाउँदा पाठक जीले धेरै ठूलो सहयोग गर्नु भयो,’ अध्यक्ष धरेलले भने। ७४ वर्षअघि जन्मेका भिमराज विसं २०१७ सालमा नै जन्मस्थान धादिङ गजुरीबाट चितवन झरेका हुन्। सुरुमा उनीहरु पूर्वी चितवनमा बसे। ०३९ सालदेखि भरतपुरमा आएका हुन्।

    ‘उ बेला पूर्वी चितवनमा भात खान भनेर खेत किनेका थियौं। त्यही खेत बेचेको केही रकम अरु काममा पनि खर्च भयो। बँचेको रकम आँखा बैंकका लागि दिएका हौं,’ पाठकले भने। सामाजिक काममा पनि लागेका पाठक क्षयरोग निवारण संस्थाका चितवन अध्यक्ष पनि भएका थिए। सामाजिक काममा सक्रिय भएका कारण उपयुक्त ठाउँमा सम्पति खर्च गर्ने मनोभावना जागेको उनले बताए।

    ‘यो धन पैसा सम्पत्ति राखेर के नै गर्नु छ र? आवश्यक ठाउँमा खर्च भयो भने समाजको हित हुन्छ। कुनै कारणले आँखाको ज्योति गुमेकाहरुले फेरि देख्न पाउने अवस्था आउँछ भने त्यस्तो काममा आफ्नो सम्पति किन खर्च नगरौं त भन्ने भावना आयो,’ पाठकले भने। भरतपुरमा आँखा बैंक खुलेपछि आँखा दान गर्न खोज्नेहरु बढेका छन्। अस्पतालबाट प्राप्त जानकारी अनुसार २६५ जनाले आँखा दानका लागि नाम लेखाएका छन्।

    आँखा बैंक हेर्ने अस्पतालका सहायक व्यवस्थापक छाया श्रेष्ठ बैंक स्थापनामा सहयोग गरेका पाठक दम्पती नानी दानको अभियानमा पनि सक्रिय छन्। ‘उहाँहरुले आर्थिक सहयोग मात्रै गर्नु भएन नानी दानका लागि चेतना जगाउने काममा पनि जुट्नु भएको छ। उमेर र स्वास्थ्यले साथ नदिए पनि यो काममा उहाँहरु जुट्नु भएको छ,’ सहायक व्यवस्थापक श्रेष्ठले भनिन्।
    kantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत ११, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.