गोरखा समाचारदाता
प्रधानमन्त्री केपी शर्मा ओली अर्को राजा बन्न खोजेको नेपाली काँग्रेसकी नेतृ डा. डिला संग्रौलाले बताएकी छिन् । प्रेस युनियन गोरखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले लोकतान्त्रिक मूल्य र मान्यता विपिरत काम गरेर सरकारले निरंकुशतावादी चरित्र देखाएको टिप्पणी गरेकी हुन् । ‘राष्ट्रिय सुरक्षा परिषद्लाई बाइपास गरी देशमा सेना परिचालन गर्ने अधिकार प्रधानमन्त्री आफै लिदै हुनुहुन्छ’ उनले भने ‘संबिधानलाई उलंघन गर्दा लाग्छ यो देशका प्रधानमन्त्री अर्को राजा बन्दै हुनुहुनुहुन्छ ।’ राष्ट्रिय सुरक्षा परिषद्ले निर्णय गर्ने, मन्त्रि परिषद्ले पास गरी राष्ट्रपतीद्धारा सेना परिचालन गर्ने कानूनी व्यवस्था विपरित प्रधानमन्त्री सिधै सना परिचालय गर्ने गरी विधेयक संशोधन गर्न खोजिएको उनको तर्क छ ।
प्रतिनिधि सभा सदस्य समेत रहेकी नेतृ संगौलाले जनताको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्ररता माथि नियन्त्रण गर्दै सरकार निरंकुश बन्न खोजेको आरोप लगाएकी छिन् । ‘एकदम भयाभहको रुपमा २–३ वटा विधयेकहरु आएको छन’ उनले भनिन् ‘सरकारले सञ्चारमाध्यम र सामाजिक सञ्जाल माथि नियन्त्रण दुस्प्रयास गर्दैछ ।’ मूल्यवृद्धि, करवृद्धि, हत्या, हिंसा लगायत गतिविधिले जनता आजित भएको भन्दै नेपाल महिला संघकी पूर्व अध्यक्ष समेत रहेकी नेतृ संगौलाले सरकार पूर्ण रुपमा असफल भएको दाबी समेत गरेकी छिन् । ‘पछिल्लो गतिविधि हेर्न हो भने जनता आज मर्माहित छन्’ उनले भनिन् ‘चर्को मूल्यवृद्धि छ, दोहोरो तेहोरो कर छ । १३ वर्षिय निर्मला पन्तको हत्या भएको ८ महिना पुगेको अबस्थामा पनि अपराधी पक्राउ पर्न सकेको छैन ।’
सुशासन, समृद्धि र बिकास सरकारका तिन वटै प्राथमिताहरु असफल भएको उनको भनाइ छ । सरकार नै भष्ट्राचार र अनियमियताको संस्थागत रुपमा संरक्षण गरी मुलुकलाई खोक्रो बनाउन उद्दत रहेको आरोप लगाएकी छिन् । सरकारले बिखण्डनकारी सिके रावतसँग सम्झौता गरी राष्ट्रिय अखण्डता माथि प्रश्न चिन्ह खडा गरेको डा. संगौलाको तर्क छ । विप्लव समूहलाई प्रतिवन्ध लगाएर सरकारले नै द्धोन्द्ध निम्त्याएको उनले आरोप लगाएकी छिन् । ‘एक तर्फ विखण्डनकारी सिके रावतसँग सहमती गरेर मुलुको राष्ट्रिय सुरक्षा र अखण्डता माथि गम्भिर खतरा पैदा भएको छ’ उनले भनिन् ‘अर्का तर्फ बिप्लव समूहलाई प्रतिवन्ध लगाएर सरकारले खुलेयाम द्धोन्द्ध निम्त्याएको छ ।’ विप्लप समूहसँग वार्ता गरी राजनितिक रुप समस्याको समाधान खोज्न डां संगौलाले सरकारसँग माग गरेकी छिन् । उक्त समूहलाई पनि हिंसा छोडेर शान्तिपूर्ण राजनितिमा आउनु उनको आग्रह छ ।
वर्तमान सरकारले बहुमतको आडमा मनपरी गरेको भन्दैसदन, सडक, संगठन लगायतको माध्यमबाट काँग्रेसले प्रतिरोध गर्ने संगौलाले बताइन । अहिले काँग्रेसका नेताहरु जनजागरण अभियान लिएर जिल्ला–जिल्लामा पुगेको भन्दै उनले सोही अनुरुप गोरखाका अगुवा महिला कार्यकता प्रशिक्षणका लागि आएको दाबी गरेकी छिन् । यसैविच नेपाल महिला संघ गोरखा नगर समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम पनि भएको छ । नगर अध्यक्ष एवं उपप्रमुख विनाकुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा डा. सग्रौला लगायत केन्द्रिय नेताहरुले समसामयिक राजनिति र काँग्रेसको रणनीतिका बारेमा प्रशिक्षण दिएका थिए ।


