गोरखा समाचारदाता
द्रब्यशाह बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पूर्व विद्यार्थीहरुले पहल थालेका छन् ।
जिल्ला सदरमुकाममा छलफल गर्दै उनीहरुले विश्व विद्यालय अनुदान कार्यक्रम मार्फत क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि गरी अन्तराष्ट्रिय स्तरको बनाउने लागिएको बताएका हुन । ‘कसरी यो क्याम्पसलाई शैक्षिक रुपमा गुणस्तरिय बनाउन सकिन्छ भनेर छलफल थालेका हौं’ द्रव्यशाह बहुमुखी क्याम्पस पूर्व विद्यार्थी समाजका संयोजक ईश्वरकाजी मास्केले भने ‘क्युएए कार्यक्रम लागु गरेर यस क्याम्पसको प्रोडकलाई अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त बनाउने हाम्रो उदेश्य छ ।’
मास्के अध्यक्षतामा भएको कार्यक्रम क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले, क्याम्पसका अन्य प्राध्यापक, पूर्व विद्यार्थीहरुले उक्त कार्यक्रम लागु भएपछि हुने फाइदाका बारेमा आ–आफ्नो धारणा राखेका थिए । देशका विभिन्न ३० आगिक क्याम्पसहरु विश्वविद्यालय अनुदान लिएर सञ्चालन भइरहेका छन् । द्रव्य शाह क्याम्पसलाई पनि उक्त अनुदान लिएर शैक्षिक गुणस्तर अभिवृद्धि गराउने प्रयास गरिएको छलफलमा क्याम्पस प्रशासन, प्राध्यापकहरु, पूर्व विद्यार्थीहरु सहभागीता रहेका थियो ।


