×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नजिककाबाटै बलात्कृत हुन्छन् छोरीचेली

  •  
  • आइतबार, चैत १०, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    चाँदनी हमाल

    काठमाडौंँ, चैत १० गते । अघिल्लो महिनाको दोस्रो साता सप्तरीमा एकजनाले बहिनीलाई बलात्कार पछि हत्या गरे । केही महिनाअघि धरानमा हजुरआमाको किरिया बार्न मामाघर पुगेका दुई दिदीबहिनी आफन्तबाटै बलात्कारमा परे ।

    धरानमै एक व्यक्तिले भान्जीलाई बारम्बार बलात्कार गरेको घटना सार्वजनिक भयो । त्यस्तै भोजपुरका एक युवकले छिमेककै एक १३ वर्षीया बालिकालाई बलात्कार गरेपछि उनी गर्भवती भइन् ।

    अधिकारकर्मी एवं कानुन व्यवसायी मीरा ढुङ्गानासँग अहिले पनि साना बालिका बलात्कारका तीनवटा मुद्दा छन् । पछिल्लो समय यसैगरी छिमेकी, चिनजान र आफन्तले नै छोरीचेलीलाई बलात्कारका घटना बाहिर आउन थालेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताउनुभयो ।

    बलात्कारका घटना बढ्नुमा सामाजिक, जातीय, वर्गीय पारिवारिक, आर्थिक, प्रविधिको सही प्रयोग गर्न नजान्नु, सामाजिक मूल्य मान्यताअनुरुपको नैतिक शिक्षाको कमी तथा राज्यको नीतिगत पक्ष जिम्मेवार रहेको समाजशास्त्री डा.मीना उप्रेती बताउनुहुन्छ ।

    व्यक्तिको हुर्काइ, उसको सङ्गत र सामाजिक व्यवस्था, काम तथा जिम्मेवारीको बोझ कम हुन र मानसिक रोग र प्रविधिको बेप्रवाह प्रयोगजस्ता मनोरोग कारक रहेको मनोचिकित्सक डा.सरोज ओझाको भनाइ छ ।

    “आफन्त र चिनजानका व्यक्तिबाटै बलात्कारमा पर्ने बालबालिका ७४ प्रतिशत छन्,” प्रवक्ता सुवेदीले भन्नुभयो, “अधिकांश घर, स्कुल छेउछाउमै परिचितका सिकार भएका छन् । उहाँका अनुसार गलत व्यक्तिले सजिलो सिकार खोज्ने प्रवृत्ति पछिल्लो समय देखिएको छ ।

    “घरमा कोही नभएका बेला बालिका, समान्य रूपमा फकाउँदा नै मान्ने साना बालिका वा स्कुल जाँदा आउँदा एक्लै हुने बालिकाको पछि त्यस्ता व्यक्ति लागिरहेका छन्,” उहाँले थप्नुभयो । सामाजिक विकृतिले यस्ता घटनालाई बढावा दिइरहेको उहाँको भनाइ छ ।

    अधिकारकर्मी तथा अधिवक्ता ढुङ्गाना घरपरिवार मात्र हैन सशस्त्र द्वन्द्वपछि समाज स्वतन्त्र हुँदै स्वच्छन्दताको बाटोतिर गएकाले पनि यस्ता घटना वृद्धि भएको बताउनुहुन्छ ।

    विभिन्न मुद्दा हेर्दाको अनुभव सुनाउँदै उहाँले हेप्न सकिने, भनेको मान्ने र मार्न सकिने बालिका नै भएकाले वयस्क युवतीभ चिनेजानेका साना बालिका बलात्कारका लागि चुनिन थालेको अपराध विश्लेषण उहाँको छ ।

    “घरपरिवार, समाज र पुरुष वर्गलाई यस्ता विषयमा नैतिक शिक्षा दिनेबेला आएको छ,” उहाँले भन्नुभयो, “अझ छोरालाई सानैदेखि यस्ता कुरामा सचेत गराउनै पर्छ, ताकि भविष्यमा ऊ बलात्कारी नबनोस् ।” छोरालाई अङ्कुश नलगाउने तर छोरीलाई अङ्कुश लगाइरहने चलनले छोरा स्वच्छन्द हुन थालेको उहाँ बताउनुहुन्छ ।

    यसरी बलात्कारका घटना बढ्नुमा नेपालको सामाजिक, जातीय, वर्गीय पारिवारिक, आर्थिक तथा राज्यको नीतिगत पक्ष जिम्मेवार रहेको समाजशास्त्री डा.मीना उप्रेती बताउनुहुन्छ ।

    “मूल्य मान्यता, नैतिकता, इमानदारी हराउँदै समाज विचलनतिर गइरहेको छ,” उहाँले थप्नुभयो, “अर्कोतिर हातहातमा प्रविधि पुगेकापछि उत्सुकताबस विभिन्न साइट हेरेर अनावश्यक उत्सुक बढ्नाले बलात्कार घटना हुन थालेको देखिन्छ ।”

    उहाँका अनुसार माथिल्लो जात वा वर्गले तल्लो जात वा वर्गमाथि गरिने हिंसामध्ये एक बलात्कार पनि हो । पछिल्लो समय सञ्चार क्षेत्रको सक्रियताले यस्ता घटना बाहिर आए पनि न्यूनीकरण हुन नसकेको उहाँको विश्लेषण छ ।

    प्रहरी प्रशासनले बलात्कार भएको प्रमाण खोजिरहने र राज्यले बेवास्ता गर्ने प्रवृत्तिका कारण यस्तो भइरहेको तर्क उहाँको छ । “राज्यको उच्च पदमा अधिकांश पुरुष त्यो पनि उच्च वर्गका रहेका छन्,” उहाँले थप्नुभयो, “उहाँका छोरीचेली बलात्कार हुँदैनन् भन्ने धारणाले पनि कमजोर छोरी चेली बलात्कारमा परिरहेका छन् ।”

    बलात्कारका घटना बढ्नुमा व्यक्तिको हुर्काइ, उसको सङ्गत र सामाजिक व्यवस्था कारक रहेको मनोचिकित्सक डा.सरोज ओझा बताउनुहुन्छ । कतिपय व्यक्तिमा पिलोफेलिया (वयस्क बच्चातर्फ बढी आकर्षित हुने मानसिक रोग) हुनसक्छ उहाँले प्रष्ट्याउनुभयो तर अधिकांश त्यो नभई उसको सामाजिक परिवेशको असर हुन सक्छ । पिलोफेलिया मनोरोग भने पीडकको परीक्षणपछि मात्र पत्ता लाग्ने गर्छ ।

    डा. ओझाका अनुसार शिक्षा तथा कामको चापको कमी भएकाले बलात्कारजन्य घटनामा संलग्नता बढाउन सक्ने बढी सम्भावना रहन्छ । ‘‘सामान्यतया १२ वर्षको उमेरपछि हरेक व्यक्तिमा यौन चाहनाको सुरुवात हुुने गर्छ । तर त्यसको सही व्यवस्थापन नगरी इन्टरनेट हेरेकै भरमा बलात्कार गर्नेतर्फ लक्षित हुने मानसिकता हालका किशोर वर्गमा विकास भइरहेको देखिएको छ’’, उहाँ अनुमान छ ।

    सामाजिक सञ्जाल र भर्चुअल लाइफको बढोत्तरीका कारण परिवारकै सदस्यबीच कुराकानी कम हुँदा नयाँ पुस्ताको ध्यान यस्ता घटनातिर मोडिन थालेकामा प्रहरी अनुसन्धानकर्मी पनि सहमत छन् । “भात खान पनि च्याटबाट बोलाउँछन् आमा अनि बाबु अर्को कोेठामा टेलिभिजनमा मख्ख,” प्रहरी प्रवक्ता सुवदीले थप्नुभयो, “छोराछोरी के गरिरहेका छन् भन्ने बुझ्न फुर्सद हुन्न ।”

    समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छोरीको सुरक्षा, परिवार तथा शिक्षकको समाजमा भूमिकाजस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।

    नेपाल प्रहरी र विभिन्न सङ्घ संस्थाको तथ्याङ्क अनुसार आव २०५३÷५४ देखि २०७२÷७३ को २० वर्षमा नेपालमा बलात्कारका घटनामा दश गुणा वृद्धि भएको छ ।

    आर्थिक वर्ष २०५३÷५४ मा देशभरिमा ११२ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएकोमा बीस वर्षपछि २०७२÷७३ मा एक हजार ८८ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएकाले पनि बढ्दै गएको देखिएको हो । यो बढोत्तरी नेपालको जनसङ्ख्या वृद्धिको तुलनामा बढिरहेको समाजशास्त्रीहरू बताउँछन् ।

    आर्थिक वर्ष २०७४÷७५ को प्रहरी तथ्याङ्क अनुसार कुल दुई हजार ८७१ बलात्कारका घटना भएका थिए । जसमध्ये साथीभाइ र छिमेकीबाट सबैभन्दा धेरै ७३० बलात्कारमा परेका थिए ।

    त्यसबाहेक १४१ बलात्कार एकैघरका आफन्तबाट भएको प्रहरीले जनाएको छ । त्यस्तै, नातेदारबाट ४८ जना, अन्य चिनेजानेकोबाट ६९२ जना बलात्कृत भए । स्कुलमा पढाउने शिक्षक र मालिकबाट २६ जना बलात्कृत भए । जम्मा ४०४ जनामात्र नचिनेका व्यक्तिबाट बलात्कारमा परेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । प्रहरीका अनुसार चालु आर्थिक वर्षमा मात्र करणीका एक हजार ४५३ मुद्दा दर्ता भए ।

    gorkhapatra

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, चैत १०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.