गोरखा समाचारदाता
यही चैत १५ गते देखि भूकम्प प्रभावित जिल्लाहरुमा एक साथ सुरु हुन लागेको छुट तथा पुनः सर्वेक्षणको तयारी सुरु भएको छ । त्यसलाई प्रभावकारी बनाउन भन्दै जिल्लाका सरकारवालाहरुले बिहीबार छलफल गरेका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई भवनको आयोजना भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ सहित स्थानीय तहका प्रमुख, प्रमुख प्रशासयिक अधिकृतहरुको सहभागीता रहेको थियो । ‘
‘यो अन्तिम मौका हो यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा उहाँहरुसँग छलफल भएको हो’ जिल्ला आयोजना कार्यान्वयन इकाइ भवनका इन्जिनियर युवक श्रेष्ठले भने ‘छुट तथा पुनः सर्वेक्षण कार्यक्रमका बारेमा उहाँहरुलाई वरिनटेस गराएका हौं ।’ कार्यक्रममा इन्जिनियर अवशेष ठकुरीले छुट तथा पुनः सर्वेक्षणको बारेमा प्रस्तुती गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले भूकम्प गएको ४ वर्ष सम्म अनुदान नपाएका पिडितलाई लाभग्राहीको सूचीमा ल्याउन यो महत्वपूर्ण काम भएका भन्दै सोही अनुसार प्राधिकरण इन्जिनियरहरुसँग समन्वय गर्न स्थानीय तहका प्रमुखहरुलाई आग्रह गरेका थिए । ‘यो ठूलो अबसर हो यसलाई गुमाउनु हुँदैन’ उनले भने ‘यस पटक कोही पनि नछुर्टे गरी सर्वेक्षण गर्न हामी सबै जिम्मेवारी भएर सहयोग गर्नुपर्छ ।’
भूकम्पमा घर भत्किएर पनि अनुदान प्राप्त गर्न नसकेका पिडितको पुनः जाँच सर्वेक्षण गर्न लागिएको हो । २०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्पका घर भत्किए पनि अनुदान नपाएकाहरुको पुनः सर्वेक्षण गर्न लागिएको हो । ‘यस अघि छुट भएको र पुनः जाँच गर्न पर्ने देखिन्छ भने मुख्यतय त्यस्तालाई गर्न लागिएको हो’ राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख रामशरण आर्चायले भने ‘लाभग्राही हुन पाउँ भनेर जसले निवेदन दर्ता गराउनु भएको थियो, पुनरावेदन दिनुभएको थियो उहाँहरुको लागि हो ।’
यसअघि विभिन्न समयमा सर्वेक्षण हुँदा पनि लाभग्राही कायम हुन नसकेकाहरुको छुट तथा पुनः जाँच सर्वेक्षण हुन लागेको हो । ‘यो अन्तिम मौका हो आशा छ यस पटक कोही छुट्नु हुँदैन’ आर्चायले भने ‘यो अबसरमा सदुपयोग गर्न जिल्लाबासी सम्पूर्णमा अनुरोध गर्न चाहान्छु ।’ भूकम्प घर भत्किएका धेरै पिडितहरु अहिले सम्म लाभग्राही कायम हुन नसक्दा अनुदान रकम पाउन सकेका छैनन् ।


