गोरखा समाचारदाता
राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको छ । जिल्ला पार्टी अध्यक्ष शंकरराज अधिकारीको अध्यक्षतामा बिहीबार बसेको बैठकले चैत १२ गते देखि गर्ने आन्दोलनका कार्यक्रम सार्वजानिक गरेको हो ।
चैतको १२ देखि १६ गतेसम्म धार्मिक स्वतन्त्रता सहितको बैद्धिक सनातन हिन्दु अधिराज्य नेपाल धर्म सापेक्ष राष्ट्र र राजसंस्थाको बारेमा प्रचारप्रसार गर्ने, १७ देखि २३ गते सम्म हिन्दु राष्ट्र नेपाल कायम गर्नका लागि हस्ताक्षर संकलन गर्ने, २८ गते स्थानीय तहको केन्द्रहरुमा एक घण्टा धर्ना बस्ने,बैशाख ५ गते गोरखा सदरमुकाममा धर्म निरपेक्षता लेखिएको प्लेकार्ड ब्यानर जलाउने र ८ गते देखि राजमार्ग, सार्वजानिक चोकहरुमा २ घण्टा सत्याग्रह गर्ने लगायतको निर्णय गरिएको राप्रपा गोरखाले जानकारी दिएको छ ।




















