गोरखा समाचारदाता
सिरानचोक गाउँपालिका ८ चिफ्लेटीमा भएको शिविरमा २१० जनाले निशुल्क आँखा परिक्षण गराएका छन् ।
बौद्ध हिमाल पर्यटन बिकास समिति अजिरकोट, मोलोस्यू युवा क्वल सिरानचोक ८ चिफ्लेटीको आयोजना भएको उक्त शिविरमा ५९ जनाको मोतिबिन्दु अपरेसन समेत गरिएको थियो ।
मनोज यशोसियन फ्रान्सको आर्थिक तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौको प्राविधिक सहयोग भएको शिविरमा नेपाल आँखा अस्पताल निर्देशक डा कमल बहादुर खड्का, डा. महेश शाह लगायतका चिकित्सकहरुको टोलीले आँखा जाँच गराएको थियो ।
उक्त शिविरमा आँखा जाँच, मोतिबिन्दुको अपरेसन, औषधी समेत निशुल्क प्रदान गरिएको मनोज यशोसियन फ्रान्स संयोजक धनबहादुर गुरुङले जानकारी दिए ।


