×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

पुष्पकमल दाहाल: प्रधानमन्त्री बनेदेखि प्रचण्डले अहिलेसम्म गरेका महत्त्वपूर्ण विदेश भ्रमण

  •  
  • बुधबार, चैत ०६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले व्यक्तिगत भ्रमणमा अमेरिका गएका छन्।

    परिवारका केही अन्य सदस्यसहित पत्नी सीता दाहालको उपचारका लागि उनी अमेरिकाको बाल्टिमोर गएका हुन्।

    सीता दाहालको त्यहाँ जोन्स हप्किन्स आउटपेशन्ट सेन्टरमा उपचार हुँदैछ।

    तर अमेरिका बसाइका क्रममा प्रचण्डले राजनीतिक भेटघाट गर्न सक्ने बताइएको छ।

    नेपालमा भएको १० वर्ष लामो सशस्त्र सङ्घर्षको नेतृत्व गरेको तत्कालीन माओवादी पार्टीका नेता प्रचण्डको यो पहिलो अमेरिका भ्रमण हो।

    दुई चोटि प्रधानमन्त्री हुँदा प्रचण्डले केही देशहरूको औपचारिक भ्रमण गरेका थिए। उनले केही देशको निजी भ्रमण गरेका छन्।

    पहिला न्यूयोर्क गएका थिएनन्

    यसअघि प्रधानमन्त्री हुँदा सन् २०१६ को सेम्टेम्बरमा उनी संयुक्त राष्ट्रसङ्घको ७१ औँ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जान लागेका थिए।

    तर देशभित्र आन्तरिक कारण देखाउँदै उनले अन्तिम समयमा सो योजना स्थगित गरेका थिए।

    उनको सचिवालयले विभिन्न दल र समुदायले आन्दोलन गरिरहेको एवम् नयाँ संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निमाणको काममा ध्यान दिनुपर्ने भन्दै भ्रमण स्थगित भएको जनाएको थियो।

    सोही वर्ष जुन महिनामा उनले अस्ट्रेलियाको भ्रमण स्थगित गरेका थिए। पार्टीको वैदेशिक विभागको निम्तोमा एउटा कार्यक्रममा सिड्नी जान लागेका थिए।

    आन्तरिक कारण देखाइएको भए पनि अस्ट्रेलियामा पक्राउ परिने डरका कारण भ्रमण स्थगित भएको समाचार त्यतिबेला सञ्चारमाध्यममा प्रकाशित भएको थियो।

    तर प्रचण्डविरुद्ध अस्ट्रेलियाले कुनै कारबाहीको तयारी नगरेको दाबी तत्कालीन महान्यायाधिवक्ता हरि फुयालको थियो।

    हजारौँ मानिसहरूको ज्यान जानेगरी नेपालमा भएको सशस्त्र द्वन्द्व हुँदा प्रचण्डले मानवाधिकार उल्लङ्घन गरेको भन्दै अस्ट्रेलियामा उनीविरुद्ध उजुरी परेको थियो।

    नेपालमा सशस्त्र द्वन्द्वकालमा मानवाधिकार उल्लङ्घन र यातना दिएको भन्ने उजुरीका आधारमा सन् २०१३ मा यूकेमा नेपाली सेनाका एक वरिष्ठ अधिकारी कुमार लामा पक्राउ परेपछि माओवादी दल उसले नेतृत्व गरेको सरकार झस्किएका थिए।

    तर पछि महासेनानी लामाले सन् २०१६ को सेप्टेम्बरमा सफाइ पाएका थिए।

    प्रचण्डका महत्त्वपूर्ण विदेश भ्रमण

    सन् २००६ मा भएको विस्तृत शान्ति सम्झौतापछि माओवादीलाई मूलधारको राजनीतिमा आउन बाटो खुल्यो।

    त्यसपछि भएको पहिलो संविधानसभाको निर्वाचनमा माओवादी ठूलो राजनीतिक दल बन्यो र प्रचण्ड प्रधानमन्त्री बने।

    उनले त्यसबेलादेखि अहिलेसम्म गरेका महत्त्वपूर्ण वैदेशिक भ्रमणहरू हामीले यहाँ प्रस्तुत गरेका छौँ।

    चीन, अगस्ट २००८

    प्रचण्ड र हु जिन्ताओतत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओसँग प्रचण्ड

    तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलो पटक विदेश भ्रमणमा गए।

    बेइजिङ ओलिम्पिक्सको समापन समारोहमा भाग लिन उनी माओको देश चीन पुगेका थिए।

    नेपालका प्रधानमन्त्रीले भारतभन्दा पहिले चीन भ्रमण गरेको भनेर चर्चा सुरु भएपछि प्रचण्डले आफ्नो प्रथम ‌औपचारिक भ्रमण भारतबाटै हुने भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए।

    भारत, सेप्टेम्बर २००८

    चीनबाट फर्किएलगत्तै भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निमन्त्रणामा प्रचण्ड पाँचदिने भारत भ्रमणमा निस्किएका थिए।

    फिनल्यान्ड, एप्रिल २००९

    प्रधानमन्त्रीका रूपमा पहिलो कार्यकालमा दाहालले युरोपेली मुलुक फिनल्यान्ड भ्रमण गरे। उक्त भ्रमणमा नेपालको शान्तिप्रक्रिया, नयाँ संविधान बनाउने प्रक्रिया आदि विषयमा छलफल भएको थियो।

    थाईल्यान्ड, मे २०११

    प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि प्रचण्ड एउटा चिनियाँ संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन थाईल्यान्ड पुगे।

    भारत, एप्रिल २०१३

    एकीकृत माओवादीको अध्यक्षको हैसियतमा प्रचण्ड चारदिने भ्रमणमा गए।

    उक्त भ्रमणको क्रममा दाहालले तत्कालीन भारतीय प्रधानमन्त्री र अन्य नेताहरूसँग छलफल गरेका थिए।

    थाईल्यान्ड, जेनुअरी २०१६

    माओवादी नेता वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन दाहाल एक महिनामा दुई चोटि थाईल्यान्ड गए।

    भारत, सेप्टेम्बर २०१६

    दोस्रो पटक प्रधानमन्त्री पदमा निर्वाचित भएपछि प्रचण्ड भारतको चारदिने राजकीय भ्रमणमा गरे।

    मोदी र प्रचण्ड

    उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जी र अन्य नेताहरूसँग पनि भेटघाट गरेका थिए।

    भारत, अक्टोबर २०१६

    भारतमा आयोजना भएको ब्रजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण र दक्षिण पूर्वी एशियाली मुलुकहरूको सङ्गठन बिम्स्टेक राष्ट्रका सरकारप्रमुख र राष्ट्रप्रमुखलाई निम्तो दिएका थिए।

    प्रधानमन्त्रीको हैसियतमा प्रचण्ड एक महिना नबित्दै पुन: भारत गए।

    मोदी, सी, प्रचण्ड र सीता दाहाल

    गोवामा प्रचण्डको भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीसँग त्रिपक्षीय भेट भएको थियो।

    युनाइटेड अरब इमिरेट्स, जेनुअरी २०१७

    अबु धाबीमा आयोजित वर्ल्ड फ्युचर एनर्जी समिटमा भाग लिन प्रचण्ड प्रधानमन्त्रीको हैसियतमा गए।

    चीन, मार्च २०१७

    प्रधानमन्त्रीकै हैसियतमा प्रचण्ड चीनले आयोजना गरेको बोआओ सम्मेलनमा भाग लिन हाइनान प्रान्त पुगे।

    थाईल्यान्ड, जुलाई २०१७

    पत्नी सीता दाहालको स्वास्थ्य परीक्षणका लागि उनी थाईल्यान्ड गए।

    सिङ्गापुर जुन २०१८

    पुन: पत्नी सीता दाहालको स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर गए।

    भारत, सेप्टेम्बर २०१८

    एकीकृत नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी-एमालेबीच एकीकरण भएर नेकपा गठन भएपछि प्रचण्डले भारतको भ्रमण गरे।

    त्यहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह र विदेशमन्त्री सुष्मा स्वराज र अन्य नेतासँग भेट गरे।

    चीन, सेप्टेम्बर २०१८

    भारतबाट फर्केको एक हप्ता नबित्दै प्रचण्ड चार दिनका लागि चीन गए।

    उनलाई चिनियाँ कम्युनिस्ट पार्टीले निमन्त्रणा गरेको थियो।

    प्रचण्डअमेरिका जानुअघि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल त्रिभुवन विमानस्थलमा

    अमेरिका, मार्च २०१९

    भेनेजुएला प्रकरणमा विवादास्पद अभिव्यक्ति दिएको एक महिनापछि दाहाल पत्नी सीताको उपचार गर्न अमेरिका गएका छन्।

    उनको यो भ्रमण १० दिन लामो हुने बताइएको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत ०६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.