×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

मेडिकल कलेजको श्रम शोषणमा नर्स

  •  
  • बुधबार, चैत ०६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • मासिक तलब पाँच हजार !
    ६ चैत, चितवन । चितवनको पुरानो मेडिकल कलेजले इन्टर्ननसीपका नाममा नर्सहरुको श्रम शोषण गर्दै आएको छ । नर्सिङ काउन्सिलको परीक्षा पास गरेका नर्सहरुलाई मासिक पाँच हजार रुपैयाँमा काम लगाउने कामको नेतृत्व कलेजकी नर्सिङ विभाग प्रमुख सीता पराजुलीले गरेकी छन् ।

    सरकारले कामदारको न्यूनतम ज्याला १३ हजार ४५० तोकेको छ । तर, चितवनको पुरानो मेडिकल कलेजले प्रमाणपत्र तह उतीर्ण नर्सहरुलाई इन्टर्नन्सिप भन्दै मासिक पाँच हजारमा काममा लगाइरहेको छ । त्यसमा पनि ५० रुपैयाँ काटेर दिने गरेको एक नर्सले बताइन् । उनले भनिन्, ‘चार हजार ९५० रुपैयाँ तलब नर्सिङ प्रमुख पराजुलीले आफ्नै टेबलबाट बाँड्छिन् ।’

    कलेजले ५० भन्दा बढी नर्सलाई ‘इन्र्टनसीपमा’ राखेर पुराना नर्ससरह काम लगाउँदै आएको छ । नर्सिङ प्रमुख पराजुलीले ड्युटी सुरु हुनुभन्दा एक घण्टा अगाडि आइपुग्न उर्दी जारी गर्ने गरेको नाम उल्लेख गर्न नचाहने ती नर्सले बताइन् । ‘एक घन्टा नगए तलवमा एक हजार रुपैयाँ काटिन्छ’, उनले भनिन्, ‘रातको ड्युटी कूल भए पनि उभ्याएर राखिन्छ ।’

    नर्सिङ प्रमुख पराजुलीले ‘तिमीहरु आफ्नो खुसीले आएका हौं मैले बोलाएको हैन, काम गर्ने भए खुरुक्क गर नत्र नआए हुन्छ’ भन्दै मानसिक यातना दिने गरेको ति नर्सले बताइन् । पहिला पुरानो मेडिकल कलेजमा तीन वर्ष काम गरेकी प्रभा ढकालले नर्सिङ प्रमुख पराजुलीको व्यवहारका कारण थुप्रै नर्सले चुपचाप रोएर जागिर छाडेको बताइन् । उनले भनिन्, ‘ती प्रमुखले हरेक बर्ष दजनौं नर्सलाई अपमानित, पीडित बनाउने गरेकी छन् ।’

    काम गर्नुपर्ने नर्सहरूको बाध्यताबाट मेडिकल कलेजले वर्षौंदेखि नाजायज फाइदा उठाउँदै आएको प्रभा ढकालले बताइन् । उनी भन्छिन्, ‘केन्द्र र जिल्लामा समेत नर्सिङ संघ भए पनि पुरानो मेडिकल कलेजको सन्दर्भमा ती प्रभावहीन देखिएका छन् ।’

    डेढ वर्षअघिसम्म पूरानो मेडिकल कलेजले बिचौलियामार्फत नर्स राख्ने गरेको थियो । त्यसका लागि कलेजका नर्सिङ प्रमुख सीता पराजुली र प्रशासकीय अधिकृत हिमनाथ घिमिरेले भरतपुरको नहरचोकमा ‘मेडिकल जनशक्ति आपूर्ति गर्ने कार्यालय’ खोलेका थिए ।

    त्यो बेथितीलाई आफूहरु गएर हटाएको नेपाल नर्सिङ संघका केन्द्रीय अध्यक्ष तारा पोखरेलले बताइन् । ‘अहिले फेरि श्रम शोषण गरेको कुरा आएपछि शाखालाई बुझ्न भनेका छौं’ उनले भनिन्, ‘कुरा सत्य रहेछ भने नर्सहरुले काम नगर्ने अवस्था ल्याउछौं ।’

    ‘के गर्न सक्छौं गर’

    गत शुक्रबार अस्पताल पुगेको नेपाल नर्सिङ संघकी सदस्य जिता बरालको टोलीलाई नर्सिङ विभाग प्रमुख पराजुलीले तीन घण्टा कुराइन् । बल्लबल्ल आफ्नो कार्य कक्षमा भेट दिएकी पराजुलीले इन्टर्नसीपमा आउने नर्सहरुले काम काम नजानेकाले न्यून तलव पाँच हजार दिएको बताइन् ।

    उनले इन्टर्नसिपका नर्सहरुबाट मेडिकल कलेजले काम सिकाए वापत रकम लिन पाउँने दावी गरिन् । ‘अस्पतालले उनीहरुबाट ३० हजारसम्म उठाउन पाउँछ’, पराजुलीले भनिन्, ‘उनीहरु जागिर होइन काम गर्ने अवसर माग्दै आएका हुन्, पैसा दिनुपर्छ भन्ने छैन ।’

    नर्सिङ संघकी सदस्य बराल र टोलीमा रहेकी नर्स प्रभा ढकालले नर्सिङ लाइसेन्स पास भएकालाई काम सिकाएको बाहनामा पाँच हजारमा काममा लगाउन नपाइने बताएपछि पराजुली भनिन्, ‘त्यसो भए के गर्न सक्छौं गर ।’

    चर्काचर्की बढेपछि पराजुलीको कार्य कक्षमा आएका कलेजका एडिसनल डाइरेक्टर डा. मनोहर प्रधानले इन्टर्नसीपका नर्सहरुलाई पाँच हजारमा काम लगाउनु हुन्छ कि हुदैन भन्ने बिषयमा भोली बिहीबार कलेज सञ्चालकहरु समेतको छलफल राखेर समस्या समाधान गर्ने बताए ।

    नर्सको बाध्यता

    नर्सिङ संघको टोलीसंग चर्काचर्की हुनु घण्टाअघि भरतपुर– ९ का भगत दुरा छोरीलाई जागिरको लागि अनुरोध गर्न नर्सिङ विभाग प्रमुख पराजुलीलाई भेटेका थिए । ‘अस्ती मंसिरमा नर्सिङ लाइसेन्स लिएकी छोरी निशालाई ‘भोलेन्टियर’ बाटै भए पनि जागिरमा लगाउनु छ’, दुराले भने, ‘एक बर्ष काम नगरे बीएन पढ्न नपाइने भएकाले सित्तैमा भए पनि काम गर्नुपर्ने वाध्यता छ ।’

    चितवनका नर्सिङ पढाउने १२ वटा कलेजबाट बर्षेनी ४५० को हाराहारीमा नर्सहरु ‘पास आउट’ हुन्छन् । तिनलाई काम दिने स्वास्थ्य संस्था भने कम छन् । त्यसमाथि छ, वीएन पढ्न एक बर्षको कार्यानुभव हुनैपर्ने प्रावधान । यी दुवै अवस्थाको नाजायज फाइदा कलेजहरुले उठाइरहेका छन् ।

    ‘लाखौं खर्च गरेर तीन वर्ष पढियो, बजारमा बसेका छौं’ पुरानो मेडिकल कलेजमा इन्टर्नसिप गरिरहेकी अर्की एक नर्स भन्छिन्, ‘कोठा भाडा र खाने पैसा चाही बुवाआमासँग नै माग्नुपर्ने लाज मर्नु अवस्था छ ।’

    पहुँचवालाले मात्र जागिर पाउने गरेको उनले बताइन् । निशाका बुबा भगत दुराले यो समस्याको समाधान सरकारले गर्नुपर्ने बताए । ‘कि नचाहिने नर्स उत्पादन गर्न भएन कि त जागिर दिन पर्‍यो’ उनले भने, ‘यति गर्न नसके नर्सिङमा प्रमाणपत्र तहपछि सिधै वीएन पढ्ने व्यवस्था गर्नुपर्‍यो ।’

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत ०६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.