×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

मलेसियाको प्रस्तावित श्रम नीति सार्वजनिक गर्न माग

  •  
  • बुधबार, चैत ०६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    चैत्र ६, २०७५ क्वालालम्पुर — श्रमिक सम्बद्ध सरोकारवालाहरुले मलेसियाली मन्त्रिपरिषद् र संसदमा छलफलमा लैजाने तयारीमा रहेको प्रस्तावित श्रम नीति सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । मलेसियामा क्रियाशील विभिन्न मजदुर युनियन र अधिकारवादी सरोकारवालाहरुले सरकारले हालै संशोधनका लागि तयार गरीएको प्रस्तावहरु सार्वजनिक गर्न माग गरेका हुन् । 

    सरोकारवालाहरुले श्रम सम्बन्धी नीतिमा विभिन्न ४६ वटा महत्वपूर्ण संशोधन प्रस्ताव गरिएको छ । तीमध्ये ३२ वटा मलेसियाली गृह मन्त्रालयले प्रस्ताव गरेको थियो । यसअघि गत सेप्टेम्बरयता करिब ४ महिनासम्म मुलुकका विभिन्न स्थानमा सरोकारवालाहरुसँग भएका छलफलपछि ती नीतिहरुबारे संशोधन सुझाव प्रस्ताव संकलन गरिएको थियो ।

    त्यसपछि उक्त नीति परिमार्जनका लागि आवश्यक अध्ययन गर्न र सरकारले गठन गरेको विशेष परामर्श समितीलाई बुझाइएको थियो । उक्त समितिले ती प्रस्तावहरुमाथि अध्ययन गरी अन्तिम मस्यौदा प्रस्ताव हालै मानव संशाधन मन्त्रालयलाई बुझाइसकेको छ । उक्त नीति यसै महिना संसदमा छलफलका लागि पेश गरिँदैछ । ती प्रस्तावहरु रोजगार नीति, मिनिमम स्टान्डर्ड अफ् हाउजिङ्ग एण्ड एमेनिटिज, अकुपेशनल सेफ्टी एण्ड हेल्थ लगायत नीति अन्तर्गत छन् ।

    प्रस्तावित नीतिमा मलेसियाभरी रहेका स्वदेशी तथा विदेशी कामदारहरुलाई समान सम्बोधन गर्ने, हप्तामा ४० घण्टा काम गर्नुपर्ने, कार्यक्षेत्रमा विभिन्न लैगिक वा अन्य आधारमा भेदभाव गर्न नपाइने, यौन हिंसा गर्न नपाइने र विदेशी कामदारको सुरक्षा गर्ने विषयहरु उल्लेख गरिएको छ ।

    त्यस्तै प्रस्तावमा कामदारको सप्लाई गर्ने कन्ट्र्याक्टरलाई प्राइभेट इम्प्लोइमेन्ट एजेन्सी एक्ट अन्तर्गत राख्ने डोमेस्टीक सर्भेन्टलाई डोमेस्टीक ईप्लोवाय नामाकरण गर्ने, कामदार भर्ना गर्न विचौलिया प्रयोग गर्न नपाइने, कामदारको तलब बैकबाट दिनुपर्ने, एक महिनामा १०४ घण्टा भन्दा बढी गर्न ओभरटाइम काम गर्न नपाउने, मल्टी टायर लेभी शुल्क उल्लेख छन् ।

    प्रस्तावित सुझावमा एक कम्पनी छाडेर अर्कोमा भाग्ने समस्या रोक्न भन्दै कामदारको पारिश्रमिकबाट केही प्रतिशत रकम (छलफलकै क्रममा) कटौती गर्ने प्रस्ताव गरिएको छ । कटौती गरिने रकम कामदारकै स्वास्थ्य एवं सुरक्षा योजनाअन्तर्गत सोस्कोमा राखिने र कामदार र्फकने बेला उक्त रकम फिर्ता गर्नेसम्बन्धी प्रस्ताव पेश गरिएको प्रस्ताव गरिएको छ । मन्त्रिपरिषदबाट पारित भएपछि परिवर्तित कानुन कार्यान्वयन हुनेछ ।

    kantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत ०६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.