गोरखा समाचारदाता
मानव सेवा आश्रम गोरखा शाखाले दोश्रो वार्षिक उत्सव मनाएको छ । तेश्रो वर्ष प्रवेशको उपलक्षमा जिल्लालाई सडक मानव मुक्त घोषणा गर्ने तयारीमा रहेको मानव सेवा आश्रमले सोको बारेमा अन्र्तक्रिया गरेको हो ।
कार्यक्रम मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले जिल्लालाई सहयोगापेक्षी सडक मानव मुक्त घोषणा गर्ने सम्बन्धि एक अवधारणा पत्र प्रस्तुत गुर्नभएको थियो । प्रमुख संरक्षणक गोबिन्द टण्डनको अध्यक्षता तथा गोरखा नगरपालिका राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेल, सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख भोला रावल, गोरखा नगरपालिका ४ का अध्यक्ष खोपबहादुर अधिकारी, मानव सेवा आश्रम गोरखाका अभिभावक परिवारका संयोजक शित्तककाजी मास्के लगायतले मन्तव्य राख्नुभएको थियो ।
२ वर्ष अघि देखि गोरखामा सञ्चालित उक्त आश्रमले गोरखा नगरपालिकालाई नेपालकै पहिलो सडक मानवमुक्त नगरपालिका घोषणा गरिसकेको छ । केही समय पछि जिल्लालाई नै सडक मानवमुक्त जिल्ला बनाउने तयारी भइरहेको मानव सेवा आश्रमकी अभियान्ता सिर्जना ओलीले जानकारी दिनुभयो । हेटौडामा प्रधान कार्यलय रहेर देशका विभिन्न जिल्लामा सञ्चालित आश्रमको गोरखा शाखामा ३४ बालबालिका सहित ४५ जना सहयोगापेक्षी सडक मानवहरुले आश्रय लिइरहेका छन् ।


