कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र ५ गते । गोरखा जिल्लाको पुनःनिर्माणमा खटिएका प्राविधिकहरुले आफ्नो माग पुरा नगरेको भन्दै जिल्ला सदरमुकाममा रहेको जिल्ला आयोजना कार्यान्वयन इकाईमा लगाएको ताला प्रहरीले फोरी दिएको छ ।
नियुत्ती संगै प्राविधिकहरुले पाउदै आएको सेवा र सुविधामा नेपाल सरकारले कटौती गरे पछि देशभरी पुनःनिर्माणमा खटिएका प्राविधिकहरु चरण बद्व आन्दोलनमा उत्रिएका थिए । विभिन्न ८ बुदे माग राख्दै आएका उनिहरुले सोमबार दिउसो सदरमुकामको पेट्रोल पम्प नजिकै रहेको कार्यालयमा तालाबन्दि गरेका थिए । तालाबन्दी गरेर प्राविधिकहरु फर्किए लगत्तै नेपाल प्रहरीको एक टोलीले ताला फोरी दिएको थियो ।
तालाबन्दि गनु पुर्व जिल्ला भित्र कार्यरत प्राविधिकहरुले इकाइका प्रमुख ई.सुनिता श्रेष्ठलाई आफ्ना मागका बिषयमा जानकारी गराएका थिए ।
प्रहरीले तालाफोरे पछि कार्यालय परिषरमा केही बेर प्राविधिकहरुले नाराबाजी समेत गरेका थिए । माग पुरा नभए आउदो १५ गते हुने पुनःजाँच सर्भेक्षणमा प्राविधिकहरुलाई सहभागि नहुने संघर्ष समितिका संयोजक बलराम घिमिरेले बताउनु भयो ।


