- उपचारको लागि राजधानी लगियो
कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र ५ गते । सोमबार दिउसो गोरखाको फुजेलमा बादरले आक्रमण गर्दा १ महिला घाईते भएकी छिन । घाईते महिलालाई थप उपचारको लागि सोमबार नै राजधानी लगिएको परिवार श्रोतले जानकारी दिएको छ ।
गण्डकी गाउँपालिका–४ अर्थात साविक फुजेल गाउँ बिकास समितिको ढावेमा बादहरुको हुलले आक्रमण गर्दा स्थानिय ४२ बर्षिया कल्पना रेग्मी गंभिर घाईते हुनु भएकी थिइन । कामका लागि घरबाट निश्किएर हिडेकी उनलाई बादरहरुको हुलले देखे पछि एक्कासी आक्रमण गरेको थियो । बादरले उनको अनुहार, हातको टोकेको स्थानिय राजु देवकोटाले जानकारी दिनुभयो ।
आक्रमणबाट रेग्मीको टाउको र मुखमा गम्भिर चोट लागेको उहाँले बताउनुभयो । धारामा पुगेकी रेग्मीलाई एक्कासी बादरले झम्टिएर आक्रमण गरेपछि उहाँ आत्तिएर दौडनु भएपनि बादरले नछोडेको स्थानियको भनाई छ ।
आक्रमणपछि बेहोस हुनुभएकी रेग्मीलाई स्थानियले उद्दार गरी नजिकै रहेको मेडिकलमा सामान्य उपचार गरी थप उपचारका लागि काठमाण्डौ पठाइएको देवकोटाले जानकारी दिनुभयो ।
फुजेलमा गएको ६÷७ बर्ष देखी एक्लै हिड्ने जो कोही लाई पनि बादरको आक्रमण गर्ने घटना घटदै आएको छ । घटनलाई अहिले सम्म पनि सम्वन्धित निकायले गंभिरता पुर्वक नहेरको भन्दै स्थानिय आक्रोशित भएका छन । अब बादर नियन्त्रणका लागि सरोकार वालाले चासो नदेखाए बादर नै सखाप हुने गरी स्थानियले कदल चाल्न बाध्य हुने स्थानिय देवकोटाले बताउनु भयो ।




















