काठमाडौं : प्रहरी प्रधान कार्यालयले हिंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समूहप्रति ‘चनाखो’ भएर सुरक्षा सतर्कता अपनाउन मुलुकभरका प्रहरी कार्यालय तथा युनिटहरुलाई निर्देशन दिएको छ ।
सरकारले सो दलका गतिविधिमाथि प्रतिवन्ध लगाए लगत्तै प्रहरीले यस्तो निर्देशन दिएको हो । प्रहरीले सो समूहका केही नेता कार्यकर्तालाई पक्राउ समेत गरेको छ ।
जवरजस्ती चन्दा आतंक अपहरण तथा बम विष्फोटनका घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले हालसम्म ७० जनालाई नियन्त्रणमा लिएको बताइएको छ । पक्राउ पर्नेहरुमा पूर्वअयोग्य माओवादी लडाकुदेखि नेकपाका समूहका पोलिटब्यूरो सदस्य मोहन कार्की, केन्द्रीय नेता तथा कार्यकर्ता छन् ।


