गोरखा समाचारदाता
जिल्लाकी समाजिक अभियान्ता रिता परियारले जातिय विभेदको अन्त्यका लागि भन्दै मेचि महाकाली पदयात्रा सुरु गरेकी छिन् । ‘नेपाल पदयात्रा २०७५ जातिय विभेदको अन्त्य गरौं’ भन्ने नाराका साथ परियार सहित होमराज आर्चाय, अशोक दर्नाल गरी ३ जना टोलीले पदयात्रा सुरु गरेको हुन् ।
आइतबार भिमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टले उक्त पदयात्राको सुभारम्भ गर्दै टोलीलाई बिदाई गरेका थिए ।
चाँदनी दोधाराबाट सुरु भएको पदयात्रा क्रममा विभिन्न ठाउँमा छलफल र अन्र्तक्रिया गर्दै ४५ दिनमा मेचिमा पुगेर सकिने अभियान्ता परियारले जानकारी दिएकी छिन् ।


