कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र ३ गते । चैत्र १० गते देखीहुने एसइई परिक्षा केन्द्र सबैमा सेनेटरी प्याड राखीने भएको छ । गोरखा जिल्लाको २५ वटै परिक्षा केन्द्रमा सहभागि हुने महिला बिद्यार्थीहरुलाई लक्षित गर्दै सेनेटरी प्याड राखिने भएको हो ।
छात्राहरुमा हुने महिनावरी व्यवस्थापनका गर्नका लागि गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयले सेनेटरी प्याडको ब्यवस्थापन गरेको हो । महिनावरीका कारण एसइई परिक्षामा सहभागी भएका बेला समस्या हुने भएकाले सजताका लागि मन्त्रालयले जिल्लाको २५ वटै परिक्षा केन्द्रमा प्याड उपलब्ध गराएको जिल्ला शिक्षा तथा समन्यव इकाई गोरखाले जानकारी दिएको छ ।
सवै परिक्षा केन्द्रमा सेनेटरी प्याड पु¥याउने व्यवस्था मिलाएको मन्त्रालयकी महिला बिकास निरिक्षक शारदा गुरुङले जानकारी दिइन । परिक्षामा सहभागी छात्रामध्ये करिव १५ प्रतिशत छात्राहरु महिनावरी हुनसक्ने मन्त्रालयले अनुमान गरेको छ ।
यस पटकको परिक्षामा जिल्ला भरमा २ हजार २ सय भन्दा बढि छात्राहरु परिक्षामा सहभागी हुन लागेको जिल्ला शिक्षा तथा समन्वय इकाई गोरखाका प्रमुख खेमराज पौडेलले जानकारी दिनु भयो । त्यसैका लागि भनेर इकाईले सबै केन्दमा मन्त्रालयले उपलब्ध गराएको सेनेटरी प्याड उत्तर पुस्तिका सगै पठाइको बताउनुभयो ।
परिक्षा अबधीभर महिनावरी हुनसक्ने सम्भावनालाई ख्याल गरेर प्याड बितरण गरिएको छ । परिक्षा दिदादिदै महिनावरीका कारण छात्राहरुले परिक्षा छाडनु नपरोस् भन्ने उद्वेश्यका साथ सबै परिक्षा केन्द्रमा सेनेटरी प्याड पठाइएको समन्वय इकाईले जानकारी गराएको हो ।
प्राप्त सेनेटरी प्याड परिक्षा केन्द्रमा रहेको छात्रा शौचालयमा राखिने ब्यवस्था मिलाइएको छ । परिक्षा केन्द्रको शौचालयमा सेनेटरी प्याड उपलब्ध हुने भएपछि छात्राहरुमा परिक्षाका बेला आत्माबिश्वास बढ्ने मन्त्रायको विश्वास छ ।
महिनावरी भएकै कारण धेरै छात्राहरुले बिद्यालय छोड्ने प्रचलनका कारण गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालयले चालु आर्थिक बर्षमा प्रत्येक जिल्लामा कम्तीमा ३ ओटा बिद्यालयलाई नियमित सेनेटरी प्याड उपलब्ध गराउने कार्यक्रम राखिएको छ ।


