नवलपरासी : नवलपरासीको कावासोतीमा दुईवटा ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ का १८ वर्षीय अनराम रखाल रहेका छन । दुर्घटनामा गम्भीर घाइते दाङकै ३० वर्षीय सुदीप राई र २३ वर्षका विनोद लामाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत खरकट्टा जङ्गलमा बिग्रिएर रोकि राखिएको ना ७ ख १०९९ नम्बरको ट्रकमा गुडिरहेको ना ६ ख ११९४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।


