नरेन्द्र ढकाल/गोरखा
चैत्र ३ गते । व्यवसायिक कृषिलाई जोड दिदै जिल्लामा १८ पकेट क्षेत्र र ५ वटा ब्लक थप हुने भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मार्फत चालु आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानीय तहमा ती पकेट र ब्लक थप गर्न लागिएको कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख दुर्गा पण्डितले जानाकारी दिए । ‘व्यवासायीक रुपमा कृषि पेशा गर्न आवद्ध किसानहरुलाई लक्षित गरि यो कार्यक्रम ल्याइएको हो’ उनले भने ‘सोही अनुरुप आवेदन माग गर्दै हामीले सूचना समेत जारी गरिसकेका छौ ।
गोरखा, पालुङटार नगरपालिका, बारपाक सुलिकोट, सिरानचोक, गण्डकी, चुमनुब्री, गण्डकी भिमसेन थापा र शहिद लखनमा पटक क्षेत्र थप भएको हो । यसैगरी पालुङटार, आरुघाट, गण्डकी, चुमनुब्री र शहिद लखन गरी ५ वटा स्थानीय तहमा ब्लक कार्यक्रम थप हुन लागेको हो । ‘विगत देखिन गोरखामा पकेट र ब्लकका कार्यक्रम लागु भइसेका छन’ कृषि ज्ञानकेन्द्रका प्रमुख पण्डितले भने ‘ती कार्यक्रमलाई पनि निरन्त्रता दिदै अरु पनि थप गर्न लागिएको हो ।’ अधिकाशं थपिएका पकेटहरु तरकारी, कागती, किबि, अलैची, केरा, मौरी लगायतका छन् ।
ब्लक तर्फ पनि पनि मकै, तरकारी र फलफुलका धेरै छन् । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मार्फत यस अघि पनि पकेट र जोनहरु निर्माण भइसकेका छन् । कृषकहरु संगठित भएर १० हेक्टरमा एउटै बाली खेति गरे त्यसलाई पकेट क्षेत्र, १०० हेक्टरलाई ब्लक, ५०० हेक्टरलाई जोन र एक हजार हेक्टरलाई सुपरजोन भन्ने गरिन्छ । जिल्ला सुन्ताला जोन कार्यक्रम लागु भएको छ ।
विगतका वर्ष देखि सञ्चालनमा रहेका २० वटा पुराना पकेट र २ वटा ब्लक पनि यस वर्ष निरन्त्रता दिदै त्यहाँका कृषकहरु मार्फत पनि आवेदन माग गरिएको छ । ‘केही पुराना पकेट र ब्लकलाई पनि निरन्तरता दिएका छौं’ उनले भने ‘नयाँ कार्यक्रम सञ्चालनका लागि पनि प्रक्रिया अगाडी बढाइएको छ ।’ जिल्लाका ११ वटै स्थानिय तहमा त्यहाँ उत्पादन हुने प्रमुख बालीहरुको छनौट गरी कृषकको माग र चाहना अनुसार प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको आर्थिक वर्ष २०७५/०७६ वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत कृषकहरुलाई आवश्यक अनुदान दिन लागिएको कार्यालयले बताएको छ ।
कृषि ज्ञानकेन्द्रले सूचना जारी गर्दै २०७५ चैतको २९ गतेसम्म आवेदन बुझाउन सम्बन्धित स्थानीय तहका कृषकहरुलाई आग्रह गरिएको छ ।


