गोरखा समाचारदाता
नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति गोरखाको २२ औं प्रतिनिधि सभा सम्पन्न भएको छ ।
जिल्ला अध्यक्ष लुमनाथ लामिछानेको अध्यक्षता तथा नेपाल शिक्षक संघका वरिष्ठ उपाध्यक्ष एम. पी. भुषालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापती सुकदेव दवाडी, गोरखा नगरपालिका २ का अध्यक्ष रहमतुल्ला मियाँ, सिताराम भट्ट, प्याप्सनका जिल्ला अध्यक्ष सिताराम तिवारी, गण्डकी प्रदेश उपाध्यक्ष मोहनबाबु सापकोटा, टूेडयुनियन काँग्रेसका जिल्ला अध्यक्ष सदर श्रेष्ठ, पेशागत वचतका अध्यक्ष मञ्जु अर्याल, परोपकार माविका प्रअ हरि ढकाल, शिक्षक सघंका शिवबहादुर थापा शिक्षक महासघंका जिल्ला उपाध्यक्ष उदयबहादुर भट्ट, ११ स्थानीय तहका अध्यक्ष एवं प्रतिनिधिहरुले मन्तव्य राखेका थिए ।
कार्यक्रममा सचिव लक्ष्मणबाबु आर्चाय सांगठनिक गतिविधी सहितको प्रगती प्रतिवेदन र भावी कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा वर्तमान शिक्षक आन्दोलन, स्थानीय तहमा आवश्यक समन्वय, पेशागत हकहित, शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक महासंघमा भुमिका लगायतका विषयमा छलफल भएको सचिव आर्चायले जानकारी दिए ।


