गोरखा समाचारदाता
लुइँटेल भञ्याङ–आँपपिपल–हर्मी–थालाजुङ हुँदै भच्चेक जाने सडकमा सवारी रोक लगाइएको छ ।
एसियाली बिकास बैंक एडिवीको आथिर्क सहयोगमा भूकम्प सहायता आयोजना अन्र्तगत उक्त सडक कालोपत्रेको काम सुरु भएकाले दैनिक विहान १० देखि दिउँसो ४ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई गोरखाका प्रमुख रामशरण आर्चायले जानकारी दिए ।
‘गाडी चलाउँदा निर्मााधिन सडकको संरचनामा क्षति पुग्ने र काममा अवरोध हुने अबस्था आयो’ उनले भने ‘प्राविधिक र व्यवहारिक दुबै कुरालाई हेरेर उक्त समयमा सवारी नचाउन आग्रह गरिएको हो ।’ बैकल्पिक सडक नभएकाको कारण उक्त समय बाहेक अन्य बेलामा भने सवारी चलाउन छुट दिइएको उनले बताए ।
सामान्यतय कालोपत्रको काम भइरहेको सडकमा २४ घण्टासम्म सवारी चलाउन नमिल्ने विज्ञहरु बताउदछन् ।


