कैलासबावु श्रेष्ठ/गोरखा
फागुन ३० गते । गोरखाको २ भिन्न स्थानमा बम फेला परेको छ । फेला परेको बम निष्कृय बनाउनका लागि नेपाली सेनाको टोली परिचालन गरीएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक भोलाबहादुर रावलले दिनु भएको जानकारी अनुसार बिहीबार बिहान गोरखा बजार क्षेत्रको भिआईपी टोलमा शक्तिशाली प्रेशरकुकर बम फेला परेको थियो भने बुधबार राती १२ किलो भन्ने स्थानमा पनि सोही प्रकृतीको बम फेला परेको हो ।
१२ किलोमा भएको बम सामान्य भएको भन्दै सडक देखी जोडीएको जंगलमा त्यसै फालिदिएको र गोरखा बजार क्षेत्रमा फेला परेको बम शक्तिशाली हुन सक्ने भन्दै नेपाली सेनाको बम डिस्पोजल टोली घटना स्थलमा पुगेको छ ।

मुख्य सडक संगै राखीएको उत्त बमका कारण वरपर रहेका वस्तीका सर्व साधारण त्रसित भएका छन । बम रहेको जानकारी बिहान सडक हिडने सर्व साधारणले प्रहरीलाई दिए पछि उत्त स्थानमा नेपाल प्रहरी र शसत्र प्रहरीले सुरक्षा दिई रहेको थियो ।
बम रहेको स्थानमा पुगेको सेनाको टोलीले केही बेरमा नै बमलाई निष्कृया पार्ने प्रहरी उपरिक्षक थापाले बताउनु भयो ।
विप्लप माओवादीले आज गरेको नेपाल बन्द सफल पार्नका लागि उनीहरुका कार्यकताले बम राखेको आशंका गरीएको छ । यसै बिच आज गोरखा सदरमुकाम भएर देशको विभन्न भागमा जाने कुनै पनि सार्वजनिक र निजी सवारी साधान चलेको छैन भने बजार पुर्ण रुपमा बन्द छ । बिहानै देखी सञ्चालन हुने कलेज तथा निजी स्कुल समेत बन्द भएको छ ।
सदरमुकाममा अहिले सञ्चारकर्मी, सुरक्षा निकाय, एम्बुलेन्स र दुधको गाडी मात्र चलेको छ ।


