×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

निर्मला हत्या प्रकरण : एसपी बिष्ट र डिएसपी जिसीका नाममा ३५ दिने वारेन्ट जारी

  •  
  • बुधबार, फागुन २९, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    सन्दिप कुमार बैश्य

    २९ फागुन २०७५ काठमाडाैँ – कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला हत्या प्रकरणमा प्रहरीका दुई अधिकारीका नाममा ३५ दिने वारेन्ट जारी भएको छ। कञ्चनपुरका तत्कालिन एसपी डिल्ली बिष्ट र सिआईवीका डिएसपी अंगुर जिसीका नाममा अदालतले उपस्थित हुन ३५ दिने वारेन्टसहितको सूचना जारी गरेको हो।

    प्रहरी द्धय  एसपी  बिष्ट र डिएसपी अंगुर जिसीसहित आठ जनाविरुद्ध प्रमाण नष्ट गरेको र पीडितहरुलाई यातना दिएको अभियोग लगाउँदै कञ्चनपुरको सरकारी वकिल कार्यालयले जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरेको हो। उक्त मुद्दामा अदालतले उपस्थित हुन  एसपी  बिष्ट र डिएसपी जिसीसहित ८ जनालाई पत्र काटेको थियो। तर उक्त पत्रको आधारमा ६ प्रहरी मात्र उपस्थित भए।

    एसपी बिष्ट र डिएसपी जिसी अहिले पनि प्रहरी सम्पर्कमा अाएका छैनन्। गत बिहीबार न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलाशमा भएको प्रारम्भिक सुनुवाइमा मुद्दा अघि बढाउने आदेश भएको थियो। डिएसपी ज्ञानबहादुर सेठीलगायत ६ प्रहरीको बिहीबारदेखि नै अदालतमा बयान लिन सुरु गरिएको थियो।

    डिएसपी सेठी, प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायव निरीक्षक हरिसिंह धामी, रामबहादुर धामी र प्रहरी जवान चाँदनी साउदको बयान लिइसकिएको अदालतका स्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए। उनका अनुसार उपस्थति सबैकाे बयान लिने काम सोमबारनै सकिएकाे हाे। ‘६ जना प्रहरीको बयान लिने काम सकिएको छ,’ उनले भने, ‘डिल्ली बिष्ट र अंगुर जिसी उपस्थित नभएकाले उनीहरूको बयान भने लिन बाँकी छ।’

    स्रेष्तेदार अवस्थीले  मुद्दा परेका ८ जनामध्ये उपस्थित नभएका बिष्ट र जिसीका नाममा सोमबार अदालतमा उपस्थित हुन ३५ दिने वारेन्टसहितको सूचना जारी भएको बताए।

    निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह बिष्टका दाजु खडक बिष्टले गत पुस ४ गते दिएको उजुरीका आधारमा सरकारी वकिल कार्यालयले उनीहरूमाथि यातना दिएको र प्रमाण नष्ट गरेको अभियोगमा फौजदारी अपराध संहिताअनुसार मुद्दा दर्ता गरेकाे थियो। प्रमाण नष्ट गरेको भन्दै एसपी बिष्ट र निरीक्षक खड्कालाई भविष्यमा अयोग्य नहुने गरी जागिरबाट बर्खास्त गरिएको छ भने अन्य ६ जना निलम्वनमा परेका छन्। २०७५ साउन १० गते साथी रोशनी बमको घरमा पढ्न गएका बेला हराएकी निर्मलाको भोलिपल्ट नग्न अवस्थामा शव फेला परेको थियो।

    nagarik

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन २९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.