×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

घर नबनाउने १९ जनाले अनुदानको रकम फिर्ता गरे

  •  
  • बुधबार, फागुन २९, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा

    फागुन २९ गते । जिल्लामा घर नबनाउने १९ जना भूकम्पपिडितले अनुदानको रकम फिर्ता गरेका छन् । प्रवलीकरणका समेत गरी ७० हजार ९ सय ८८ लाभग्राही रहेको गोरखामा बिभिन्न कारणले घर नबनाउने १९ भूकम्पपिडितले अनुदान वापत लिएको पहिलो किस्ताको रकम फिर्ता गरेका हुन् । भूकम्पपछि क्षति भएका निजी आवास पुनःनिर्माणका लागि सरकारी अनुदान लिएर घर नबनाउनेहरुले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई रकम फिर्ता गरेका हुन् ।

    जिल्लामा १९ जनाबाट ९ लाख ५० हजार रकम राष्ट्रिय पुर्नःनिर्माण प्राधिकरणको खातामा फिर्ता भएको छ । ‘घर बनाउने र गैरलाभग्राहीले लिएको किस्ता रकम फिर्ता गर्न प्राधिकरणले सार्वजानिक सूचना निकालेको थियो’ जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख रामशरण आचार्यले भने ‘गोरखामा अहिलेसम्म १९ जनाले किस्ता फिर्ता गरेर भौचर हामीलाई बुझाउनु भएको छ ।’

    पुर्नःनिर्माण प्राधिकरणले निजी आवास निर्माणका लागि सम्झौता गरी पहिलो किस्ता रकम लिएर घर निर्माण नगर्नेले गत पुस १५ गते भित्रमा रकम फिर्ता गर्न सकिने सार्वजनिक सूचना जारी गरेको थियो । ‘प्राधिकरणले तोकिएको समयसीमा समाप्त भए पनि घर निर्माण गर्न नसक्नेले अझै पनि रकम फिर्ता गर्न चाहेमा गर्न सकिन्छ’ इकाई प्रमुख आचार्यले भने ‘जसरी हुन्छ वास्तविक भूकम्प लाभग्राहीले कि त घर बनाउनु प¥यो, कि त रकम फिर्ता गर्नुर्पयो ।’

    रकम लिने र घर निर्माण नगर्ने जो कसैको मनसाय भए पनि रकम असुल गरिने अभियानमा रहेको उनले बताए । त्यसको लागि पहिलो किस्ता लिएर घर नबनाउने लाभग्राहीबाट रकम फिर्ता गराई नाम लाभग्राहीको सूचीबाट हटाइने र त्यसको प्रभाकारी कार्यान्वयनको लागि अनुगमन प्रक्रिया तीव्र बनाइने उनले जानकारी दिए । रकम फिर्ता गर्ने १९ मध्ये १ जनाको स्वास्थ्य अवस्था नाजुक रहेको र सहयोग गर्ने अन्य कोही नभएपछि लिएको पहिलो किस्ता फिर्ता गरेका थिए । अन्य भने दोहोरो लाभग्राहीमा नाम भएका, अन्यत्र घर भएका तथा स्वेच्छिक घर बनाउनेहरु रहेको इकाईका प्रमुख आचार्यले बताए ।

    त्यस्तै जिल्लामा हालसम्म जिल्लामा ४७ हजार ६ सय १ घर पुर्नःनिर्माण सम्पन्न भइसकेका छन् । त्यस्तै ५७ हजार १ सय ७७ ले दोस्रो किस्ता लिइसकेका छन् भने ६४ हजार ४ सय ५५ जनाले पहिलो किस्ता लिएको तथ्यांक इकाईसंग छ । ५ हजार ३ सय १० घर प्रवलिकरण लाभग्राहीमा रहेपनि हालसम्म करिब ४ सयले मात्रै सम्झौता गरि काम अघि बढाएको प्रमुख आचार्यको भनाई छ । तर लाभग्राहीमा नाम छुट भएका भूकम्पपिडितको पछिल्लो पटक पुर्नःसर्वेक्षण भएपनि हालसम्म गुनासो सुनुवाई नहुदा उनिहरु भने अन्योलमा परेका छन् । यता इकाई प्रमुख आचार्य भने जिल्लामा संकलन भएका गुनासोलाई केन्द्रमा पठाइएको र प्राधिकरणले छिट्टै सार्वजानिक गर्ने तयारी गरेको दावी गर्छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन २९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.