गोरखा समाचारदाता
मनकामना केबुलकार दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले दिएको जानकारी अनुसार नियमित मर्मत संहारको लागि फागुन ३० र चैतको १ गते केबुलकार बन्द गर्न लागिएको स्टेशन म्यानेजर डिएन कायस्तले जानकारी दिए ।
दुई दिन केबुलकार बन्द हुँदा सेवाग्राही भक्तजनलाई असुबिधा पर्न जाने भन्दै प्रालीले क्षमायाचना समेत गरेको छ । मर्मत पछि चैतको २ गतेबाट नियमित रुपमा केबुलकार सञ्चालन हुने उनले बताएका छन् । नेपालकै चर्चित मनकामना देवीको दर्शन गर्नको लागि दिनहुँ हजारौं भक्तजनहरु केबुलकार मार्फत मनकामना पुग्ने गरेका छन् ।
मनकामना सम्म सडक सञ्जाल जोडिएपनि अधिकाशं भक्तजनको रोजाईमा केबुलकार नै पर्ने गरेको छ ।


