समाचारदाता
राष्ट्रिय उपभोक्ता मञ्च गोरखा शाखाले गोरखाको पालुङ्टार नगरपालिकामा एक दिने सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
मञ्च केन्द्रिय कार्यालयको संयोजनमा तयार गरिएको उक्त कार्यक्रम दैनिक उपभोक्ग्य बस्तुमा बिषादी न्यूनीकरण सम्बन्धी सचेतना गराएको आयोजकले जनाएको छ ।
राष्ट्रिय उपभोक्ता मंच गोरखाका अध्यक्ष प्रसान्त देवकोटाको अध्यक्षतामा तथा पालुङटार नगरपालिका प्रमुख दिपक ई. दिपकबाबु कडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपभोक्ता मञ्चका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जन, केन्द्रियका समितिका सचिव गोविन्द सुबेदी, साल्ट कर्पोरेसन लिमिटेडका शुरेसराज भण्डारी, कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख दुर्गाप्रसाद पण्डित, जिल्ला शाखाका सचिव सन्तोष दवाडी लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा बिषादी बिज्ञ पशुराम अधिकारी, जिल्ला शाखा काठमाडौंका सचिव मदन दास लगायतको उपस्थिती रहेको थियो ।


