कैलासबावु श्रेष्ठ/गोरखा
फागुन २७ गते । गोरखा सदरमुकाममा रहेको गोरक्ष बैदिक गुरुकुललाई सिद्वी गणेशले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
सदरमुकाममा रहेको सिद्वी गणेश बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवशको अवशरमा गुरुकुललाई अक्षय कोषमा जम्मा हुने गरी २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरे बमोजिम आर्थिक सहयोग गरेको संस्थाले जानकारी दिएको छ ।
स्थापना दिवशको अवशरमा सामाजिक उत्तरदायित्व अन्तरर्गत जिल्ला भित्र रहेको सामाजिक संघ संस्थाहरुलाई आर्थिक एवं भौतिक सहयोग उपलब्ध गराउदै आएको सहकारीले यो बर्षको स्थापना दिवशमा गुरुकुललाई आर्थिक सहयोग उलब्ध गराएको संस्था अध्यक्ष अच्यूतलाल श्रेष्ठले बताउनु भयो ।
संस्थाको ८ औं स्थापना दिवशको अवशरमा शिक्षा उप समितिले गोरक्ष बैदिक गुरुकुललाई अक्षयकोषमा रहने गरी आर्थिक सहयोग उपलब्ध गराउन सिफारीस गरेको समितिका संयोगक गोर्कण रानाले बताउनु भयो ।
सहयोग रकम एक कार्यक्रम बिच संस्थाका अध्यक्ष अच्यूतलाल श्रेष्ठले गुरुकुलका अध्यक्ष पुरुषोत्तम अर्याललाई सहकारीको कार्यालयमा बुझाउनु भएको थियो ।


