दमौली २७ फागुन । नेपाली काँग्रेसका नेता शंकर भण्डारीले पृथकतावादी सिके राउत संग राष्ट्रघाती सम्झौता गरेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीको राष्ट्रघाती कदमले सिङगो मुलुकको शीर निहुराएको भन्दै भण्डारीले पछिल्ला घटनाक्रम हेर्दा जनकपुर पुगेका राउतले जुन हर्कत देखाएका छन् त्यो नेपाल र नेपाली जनतालाई स्वीकार्य नहुने समेत नेता भणडरीले बताउनु भयो।
राष्ट्रिय स्वाधिनताकाका विषयमा निर्णय गर्दा सरकारले प्रतिपक्ष ,अन्य राजनीतिक दल र बुद्धिजीविहरु संग गहन छलफल गर्नुपर्ने तर पृथकतावादी राउत संग सम्झौता गर्दा यो विषयमा सरकार चुकेको छ भण्डारीको बुझाई छ ।


