×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

कर्मचारी अभावले बजेट खर्च हुन सकेन : मुख्यमन्त्री

  •  
  • सोमबार, फागुन २७, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा

    फागुन २७ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा कर्मचारी अभावले समयमै बजेट खर्च हुन नसकेको बताएका छन् । आइतबार गोरखामा लिगलिग पालुङ्टार मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले संघिय सरकारले प्रदेशलाई समयमै कर्मचारी पठाउन नसक्दा प्रदेशको सबै बजेट खर्च हुन नसक्ने अवस्थामा रहेको बताएका हुन । ‘यो आर्थिक वर्ष आधा सकियो तर अहिलेसम्म १५ प्रतिशत मात्रै बजेट खर्च भएको छ’ उनले भने ‘प्रदेश कार्यालयहरु सबै रित्ता थिए, बल्ल अब ब्यवस्थापन हुदैछ, अब काम अघि बढ्छ ।’

    संघले बजेट पठाउन ढिलाई गर्दा समेत बजेट खर्च गर्न समस्या भएको उनको जिकिर छ । प्रदेशले योजना ल्याएपनि बजेट नहुदा अन्योलको अवस्था सृजना भएको बताउदै मुख्यमन्त्री गुरुङले अब बैशाखसम्म ६० प्रतिशत बजेट खर्च हुने दावी गरेका छन् । ‘अहिलेसम्म प्रदेशसंग योजना मात्रै थिए, संघबाट बजेट आउन ढिलाई हुदा सोचे अनुसार काम अघि बढाउन नसकेकै हो’ उनले भने ‘अब बजेट पनि आएको छ, कर्मचारी पनि छन्, अब काम अघि बढ्छ, बैशाखसम्म ६० र यो आर्थिक वर्ष भित्र ८० प्रतिशत खर्च गर्छौ ।’

    मुख्यमन्त्री गुरुङले संघिय सरकारले प्रदेशलाई भने अनुसार सहयोग नगरेको समेत बताएका हुन् । ‘संघबाट हामीलाई जति सहयोग हुनुपर्ने थियो त्यो पाउन सकेनौ’ उनले भने ‘संघले जुन तरिकाले काम गरेको छ त्यसले हामीलाई अफ्टेरो बनाएको छ ।’ काठमाण्डौ बसेर प्रदेशका कुना कुनाका भुगोललाई सरकारले बुझ्न नसकेको बताउदै मुख्यमन्त्री गुरुङले अधिकार समेत आफ्नै हातमा लिन खोजेको आरोप लगाएका छन् ।

    त्यस्तै प्रदेश भित्र बन्द रहेका एयरपोर्टहरु संचालनमा ल्याउने उनले उद्घोष गरेका छन् । पालुङटार, ढोरपाटन लगायतका हवाई मैदान आगामी दुई बर्षभित्र संचालनमा ल्याएर पर्यटन विकासलाई अघि बढाउन सरकारले काम थालेको उनको भनाई छ । त्यस्तै उनले सडक करिडोरसँगै सरकार आर्थिक करिडोरको विकासमा समेत लागेको बताएका छन् ।

    नदीजन्य पदार्थ उत्खननका लागि मापदण्ड बनाउने अधिकार प्रदेश सरकारको रहेको बताउदै उनले त्यसको कार्यान्वयन स्थानीय तहले गर्नुपर्ने बताएका छन् । अवैद्य र अब्यवस्थित कामलाई रोक्न सरकारले तत्कालका लागि नदीजन्य पदार्थ उत्खनन रोकेको उनको भनाई छ ।

    फरक प्रशंगमा बोल्दै उनले फुटबल प्रतियोगिताले प्रदेशभरको एकतालाई थप मजबुत बनाउने बताउदै उनले अब खेलकुदलाई पर्यटनसंग जोड्नुपर्ने बताएका छन् । ‘अब खेलकुदलाई पर्यटनसँग जोडेर आर्थिक सम्बृद्धिको बाटोमा अघि बढ्न जरुरी छ’ मुख्यमन्त्री गुरुङले भने ‘यो प्रतियोगिताले प्रदेशभरका नगरपालिकालाई एकतावद्ध बनाएको छ ।’

    प्रतियोगिता उद्घाटन कार्यक्रममा पूर्वमन्त्री तथा नेकपाका गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे, प्रदेशसभा सदस्य हरिशरण आचार्य, मनकुमारी गुरुङ, ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपाने, बेंशिसहर का प्रमुख गुमानसिंह अर्याल, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, नेकपा पालुङटारका विवश चिन्तन, नेपालल्ी काँग्रेसका विमल ढकाल, नयाँ शक्तिका अशोक देवकोटा, पालुंटार नगरपालिकाका उपप्रमुख पम्फा बसेल लगायतले बोलेको प्रतियोगिता आयोजनाका सदस्य सचिव किरण गिरीले जानकारी दिए ।

    पालुङटार नगरपालिकाको आयोजनामा भएको लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पालुङटार ‘बि’ ले जितेको छ । पेनाल्टीमा बाग्लुङ नगरपालिकालाई २–४ गोलअन्तरले पराजित गर्दै पालुङटारले जित सुरुवात गरेको हो । खेलको दुवै हालमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट निर्धारण गरिएको छ । खेलमा बागलुङका टिम क्याप्टेन रमेश थापा म्यान अफ द म्याच घोषित हुन सफल भएका छन् ।

    प्रतियोगितामा गण्डकी प्रदेशका १८ स्थानीय तहको सहभागिता रहेको छ । गोरखाका २ गाउँपालिका र २ नगरपालिका सहित अन्य जिल्लाका १३ नगरपालिकाको प्रतियोगितामा सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल चैत ६ गते हुने बताइएको छ । २ लाख ३४ हजार ५ सय ६७ रुपैयाँ प्रथम पुरस्कार राशीको रहेको उक्त प्रतियोगितामा दोस्रो हुने टिमले नगद १ लाख २३ हजार ४ सय ५६ रुपैयाँ नगद मेडल र प्रमाणपत्र पाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने २ टिमलाई नगद ५४ हजार ३ सय २१ रुपैयाँ सहित नगद मेडल र प्रमाणपत्र प्रदान गरिने सदस्य सचिव गिरीले बताए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, फागुन २७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.