गोरखा समाचारदाता
अफ्रिकी मुलुक इथियोपियाको राजधानी आदिसअबाबामा आइतबार भएको जहाज दुर्घटनामा एक नेपालीको पनि मृत्यु भएको छ। इथियोपियन एयरलाइन्सले दुर्घटनामा १ नेपालीको मृत्यु भएको पुष्टि गरे पनि उनका बारेमा थप विवरण खुलाइएको छैन ।
आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपिएन एयरलाइन्सको ७३७ बोइङ जहाज रनवे छोडेको केही मिनेटमै दुर्घटनामा परेको थियो। दुर्घटनामा परी सवार यात्रु र चालकदलका सदस्यसहित १५७ जनाको मृत्यु भएको हो । १४९ यात्रु र चालक दलका ८ सदस्यसहित उडेको जहाज दुर्घटनामा परेको हो ।
इथियोपियन एयरलाइन्सले दुर्घटनामा परेका यात्रुको विवरण सार्वजनिक गरेको छ। जसमध्ये ३२ जना केन्याका र ९ जना इथियोपियाका छन् भने अरू सबै विदेशी छन् ।सबैभन्दा धेरै विदेश क्यानडा परेका छन्। क्यानडाका १८ जनाले दुर्घटनामा ज्यान गुमाएका छन् । चीन ८ र भारतका ४ जनाले उक्त दुर्घटनामा ज्यान गुमाएका छन् ।


