गोरखा समाचारदाता
शिक्षकहरुका लागि प्रदान गरिएको अंग्रेजी माध्यम र नविनतम शैक्षणिक प्रविधि विषयक ३ दिने पुर्नताजकी तालिम सकिएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथाप्राविधिक सहयोगमा आरुघाट गाँउपालिका र पद्धति विकास सेवाकेन्द्रको संयुक्त आयोजनामा सञ्चालित तालिममा आरुघाट गापाका २९ विधालयका ५८ जना आधारभुत तहका शिक्षकहरुको सहभागीता रहेको थियो ।
फागुन २३ देखि २४ गते सम्म आरुघाट र आर्खेतमा सञ्चालित तालिममा गुड नेवर्स इन्टरनेशनल नेपालका स्मार्ट क्लासरुम अफिसर दिपक पौडेल र लक्ष्मण आचार्यले सहजीकरण गरेक थिए । नविनतम सुचना प्रविधीका माध्यमवाट प्रभावकारी शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गरी सिकाई उपलव्धि वृद्धि गर्न शिक्षकहरुलाई थप सहयोग गर्ने उद्देश्यले उक्त तालिम गरिएको पद्धती बिकास सेवाकेन्द्रक शिक्षा बिकास अधिकृत भुपेन्द्र पोखरेले जानकारी दिएका छन् ।
कार्यक्रममा बोल्दै आरुघाट गाँउपालिकाका अध्यक्ष पूर्णवहादुर दाहालले अब अन्तराष्ट्रिय बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन हुनपर्ने जोड दिएका थिए । सोही अनुरुप गाउँपालिकाले योजनावद्ध नविनतम सुचना प्रविधीको प्रयोग र अग्रेजी माध्यमलाई जोड दिई उक्त तालिम आयोजना गरिएको बताए । सामाजिक विकास समिती ंसंयोजक मेनवहादुर अधिकारी, वडा अध्यक्ष कृष्ण धमला, शिक्षा शाखा प्रमुखमोहन विष्ट लगायतले मन्तव्य राखेका थिए ।


