गोरखा समाचारदाता
पत्रकार महासंघ गोरखा, गैसस महासंघ गोरखा, नेपाल बारयसोयिसन गोरखाको सहकार्यमा भएको कार्यक्रममा विभिन्न १० वटा योजनाको निर्माण प्रगतीको अध्ययन गरी प्रस्तुती गरिएको थियो । पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापाले सहजिकरण गरेको उक्त कार्यक्रममा १० जना पत्रकारले छुट्टाछुट्टै रुपमा अध्ययन गरी तयार पारिएको सामाग्री महासघंकी उपाध्यक्ष अनुपमा खनालले पेस गरेकी थिइन् । जिल्लाका प्रतिनिधिमुलक योजनाहरु मध्ये करिब ९० प्रतिशतको अबस्था नाजुक रहेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवदेन माथि टिप्पणी गर्ने अन्नपूर्ण पोष्टका प्रधान सम्पादक हरिबहादुर थापाले बिकासका काममा रहेको राजनिति बन्द गर्नुपर्ने बताएका थिए । ‘बिकासका नाम राजनिति गर्ने सस्कार अब बन्द गर्नुपर्छ’ उनले ‘संसदमै सकल्प प्रस्ताव ल्याएर दलहरु एक ठाउँमा उभिनु जरुरी छ ।’ काम नगर्ने ठेकेदारलाई कारवाही गर्न उनले माग गरेका छन् ।

बहसमा सहभागी अधिकाशं सरोकारवालाहरुले विकास निर्माणको काममा चमर ढिला सुस्ती रहेको बताएका थिए । निर्माण व्यवसायीलाई राजनितिक संरक्षण भएकै कारण समयमै काम हुन नसकेको र सजिलै म्याद थप गरि बजेट सक्ने काम भएको उनीहरुको भनाई छ । गोरखा नगरपालिका – ५ का भोला भट्टराईले बिकास निर्माणमा भइरहेको ढिलासुस्तीको रिर्पोटले नेपालको बिकासको मोडल माथी नै प्रश्न उठेको बताएका थिए ।

त्यस्तै गैरसरकारी संस्था महासंघ गोरखाका अध्यक्ष सिताराम श्रेष्ठले बर्तमान सार्वजनिक खरिद नियमावलीमा बिभिन्न बाहान देखाएर म्याद थप गर्दा पैसा समेत थप हुने प्रावधानले ठेकेदारहरु योजना निर्माण सम्पन्न गर्न भन्दा म्यादथप गर्ने तर्फ उद्दत रहेको बताए । नेपाल कम्युनिष्ट पार्टीका लोकप्रसाद बन्जराले बिकास विषय सवैको साझा एजेण्डा हुनुपर्ने भन्दै नेकपाले जिल्लाको बिकासमा कुनै पनि राजनितिक नगर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा नयाँ शक्तिपार्टी नेपालका जिल्ला संयोजक ज्ञानेन्द्र कुमालले सार्वजनिक खरिद ऐनमा सुधार नभएसम्म बिकासले गति लिन नलिने भन्दै कममा टेण्डर हाल्न पाउने प्रावधानलाई हटाउनु पर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बिकास निर्माणको कामलाई प्रभावकारी बनाउन कुरामा आफै जहिले पनि समन्वय गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन् ।

नागरिक साझा सवालका संयोजक स्थानेश्वर दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार एवं सोच नेपालका जिल्ला प्रतिनिधि मोहसिन अलि मियाँले बिकास निर्माणको कामलाई पारदर्शी, जवाफदेही बनाई समयमै सम्पन्न गर्न दबाब सिर्जना गर्ने उदेश्यले कार्यक्रम गरिएको सहभागीहरुलाई जानकारी गराएका थिए ।
तस्बिर सौजन्य सरन श्रेष्ठ


