गोरखा समाचारदाता
जिल्ला अधिकाशं स्थानीय तहका प्रमुखहरुले संघ र प्रदेशको हेपाह प्रवृतीका कारण प्रभावकारी काम हुन नसकेको बताएका छन् । ‘यसको गतिलो उदाहरण दरौंदी लिफ्टिङ हो, उहाँहरुले हामीसँग समन्वय गरेर काम गर्नुभएको छ, त्यहाँ प्रभावकारी काम भएको छ’ उनले भने ‘अन्य आयोजन हकमा स्थानीय तहलाई पेलेर जाने काम भएको छ त्यसैले यो नतिजा आएको हो ।’
पालुङटार नगरपालिका प्रमुख दिपकबाबु कंडेलले प्रदेश र सघंको काम गराईले निकै लाजमर्दो अवस्था सिर्जना भएको गुनासो गरेका छन् । ‘भन्न पनि लाजमर्दो कुरा पालुङटारमा एउटा खानेपानीको ट्याङ्की बनेको छ’ उनले भने ‘कसले बनायो हामीलाई थाहा छैन, ट्याङ्की त बन्यो तर त्यहाँ पानी छैन । यो कति लाजमर्दो कुरा हुन्छ ।’
सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले स्थानीय तहसँग समन्वय नगरी संघ र प्रदेशले काम गरेका कारण अहिलेको अवस्था सिर्जना भएको बताए । ‘हामीले उहाँहरुको कार्यक्रम बोर्ड हेरेर मात्र थाहा पाउने हो’ उनले भने ‘जव अफ्ठेरो पर्छ अनि उहाँहरु वडा कार्यालय धाउनु हुन्छ ।’ यसैगरी बारपाक सुलीकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्ट, सहिद लखन गाँउपालिकाका अध्यक्ष रमेश थापा मगर, भिमसेन गाउँपालिका अध्यक्ष ईश्वरी पाण्डे, धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ लगायत स्थानीय सरकारसँग समन्वय नहुँदा बिकास निर्माणको काममा अनुगमन गर्न समस्या भएको बताएका थिए ।


