गोरखा समाचारदाता
राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले बहसले मात्र बिकास नहुने बताएका छन् । सोच नेपाल समन्वय तथा जिल्लामा क्रियाशिल विभिन्न सामाजिक संघसस्थाको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै बसह सँगै काम कार्यान्वयनलाई पनि उत्तिकै महत्व दिनु पर्ने बताएका हुन् । ‘यो निकै राम्रो कामका सुरुवात भएको छ’ उनले भने ‘तर बहस गर्ने कार्यान्यवन नगर्ने हो भने यसको कुनै काम छैन ।’
नेपालमा भौतिक पूर्वाधारको बिकासमा तिब्र नहुनुको पछाडी सबै राजनितिक दल उत्तिकै दोषी रहेको भन्दै उनले सबैले आफ्नो हिस्सा लिनु पर्ने बताएका छन् । अनावश्यक राजनितिक हस्तक्षेप गर्दा समयमै काम हुन नसकेको उनको तर्क छ । ‘नेताले भन्यो भन्दैमा कर्मचारीले लुरुलुरु गर्नुपर्छ भन्ने छैन’ उनले भने ‘राज्यको नीति नियम मा रहेर कर्मचारी साथीहरु दृढ भएर काम गर्नु आवश्यक छ ।’
स्थानीय तहका जनप्रतिनिधिहरुले अधिकार खोसेर लिनु पर्ने उनले बताए । नेपाली काँग्रेसले जिल्लाको बिकास निर्माणको काममा कुनै पनि राजनितिक हस्तक्षेप नगर्ने समेत उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।


