गोरखा समाचारदाता
गोरख सदरमुकाममा पनि बिभिन्न कार्यक्रम गरी अन्राष्ट्रिय नारी दिवश मनाइएको छ । दिवसको अबसरमा पश्चिम काली मन्दिर परिषरमा गोरखा नगरपालिको आयोजनामा महिला अधिकार र समसामयिक अबस्थाका बिषयमा अन्तरक्रिया एवं छलफल कार्यक्रम सम्पन्न भएको छ ।
छलफलमा अधिबत्ता स्थानेश्वर दुवाडीले महिला अधिकार सम्बन्धी कार्यपत्र प्रस्तुत गरीएको थियो । कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति गोरखाका प्रमुख असोककुमार गुरुङले अधिकार माग्नु मात्र भन्दा पनि प्राप्त अधिकारलाई कार्यान्वयन गरेर अघि बढ्ने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । गुरुङ्गले महिलाले पाएको अधिकारको सहि सदुपयोगका लागि उनीहरुमा क्षमता बिकासको पनि आबश्यकता रहेको भन्दै महिला सशक्तिकरणमा समेत जोड दिनुपर्ने बताउनुभयो ।
गोरखा नगरपालिकाकी उपमेयर बिनाकुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उप मेयर श्रेष्ठले समाजले अहिले पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसकेको बताउनुभयो । संबिधान र कानुनमा महिला अधिकार सवालमा बिभिन्न कुराहरु समेटिएको भएपनि त्यसको कार्यान्वयन भने हुन नसकेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा गोरखा नगरपालिकाकी प्रमुख प्रसासकिय अधिकृत कृष्णकुमारी श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय गोरखाकी महिला सेल प्रमुख प्रहरी निरिक्षक कमला नराल, जिल्ला शिक्षा तथा समन्यव इकाई गोरखाका प्रमुख खेमराज पौडेल लगायतले कार्य पत्र माथि आ–आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रम नेपाल आबास निर्माण परियोजना र सुआहाराको सह आयोजनामा सम्पन्न भएको हो । यसै बिच अन्तराष्ट्रिय नारी दिवसको अबसरमा नै सन्सारी महेन्द्र माबिमा पनि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बिद्यार्थीहरुले १८ हजार रुपैयाँ बराबरको स्यानिटरी प्याड, हातधुने सावुन समेत बिद्यालयलाई प्रदान गरिएको थियो ।


