गोरखा समाचारदाता
फागुन २५ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको सिदीबासमा रहेको फिलिममा पनि १०९ औं अन्र्तराष्ट्रिय नारी दिवसको मनाईएको छ ।
राष्ट्रिय प्रकिृति संरक्षण कोष मनास्लु संरक्षण क्षेत्र आयोजनाको आयोजनामा फिलिममा १०९ औं अन्र्तराष्ट्रिय नारी दिवस मनाईएको हो ।

‘लौंगिक समानताका लागि समान सोच र व्यवहार स् समृद्धिको आधार’ नारा सहित सर्व साधारणहरुले फिलिमको परिक्रममा गरेका थिए । गाँउपालिको उप प्रमुख कुमारी गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको उत्त कार्यक्रममा सिर्दिबासका ८ आमा समुह, गाँउपालिका भित्रका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, नेपाल प्रहरी, फिलिममा भएका कार्यलयका प्रतिनिधि र स्थानीय सर्व साधारणहरुको उपस्थीति रहेको थियो ।

कार्यत्रममा आमा समुह बीच मेच घुमाई र घैटो फुटाउने प्रतियोगिता समेत संचालन गरिएको थियो । संरक्षण क्षेत्र व्यवस्थापन समिति सिर्दिवासका सचिव दिपेन्द्र गुरुङ्गको अध्यक्षता भएको कार्यक्रममा मेच घुमाई र घैटो फुटाउने प्रतियोगिताका बिजेता कुसुम गुरुङ्ग, ऐनी गुरुङ्ग र लक्ष्मी गुरुङ्ग र देमा गुरुङ्गलाई पुरस्कार समेत प्रदान गरीएको थियो ।

उत्त अवशरमा गाँउपालिका जेष्ठ महिलाहरु कान्छी गुरुङ्ग, फुमाल्मो गुरुङ्ग, धन्गुरी गुरुङ्ग, काउली वि.क., साङ्मो गुरुङ्ग, आम्व्या गुरुङ्ग, ल्हमो गुरुङ्ग, भ्याल्मा गुरुङ्ग, उमा गुरुङ्ग, वुद्धिमाया गुरुङ्ग, कान्छी गुरुङ्ग, छैनी गुरुङ्ग, कान्छी गुरुङ्ग (पाङसिङ्ग) लगायत १३ जनालाई सम्मान गरीएको थियो ।

सोही अवशरमा मनास्लू संरक्षण क्षेत्र आयोजनाले गाँउपालिका सबै भन्दा जेब्ठ १०३ बर्षका धार्नी गुरुङ्ग लाई सम्मान गरिएको थियो ।

तस्बिर सौजन्य मनास्लु संरक्षण क्षेत्र आयोजना फिलिम


